नवलपुर/पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्नेमा सडक एकतर्फी खुलेको छ । आज बिहानैदेखि भएको वर्षाका कारण दाउन्ने खण्डमा पहिरो खस्दा अवरुद्ध सडक एकतर्फी खुलेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै माथिबाट सडकमा खसेको पहिरो पन्छाए पछि एकतर्फी खुलेको छ ।
यस सडकमा आज बिहानै देखि परेको पानीका कारण सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा थियो । भने दिउँसो १ बजेटबाट सडक दुईतर्फी नै अवरुद्ध भएको थियो भने अहिले एक तर्फि सञ्चालनमा आएको प्रहरीको भनाई छ । अविरल परेको पानीका कारण आज बिहानैदेखि यस क्षेत्रमा हिलो, चिप्लो र खाल्डो हुँदा ओरालो झर्ने सवारीसाधनमात्रै सञ्चालनमा भएको अवस्थामा अहिले पहिराले सडक दुवैतर्फी अवरुद्ध हुन पुगेको हो ।




