• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

खाद्य बस्तुमा कडा निगरानी गर्दै भरतपुर महानगर


  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    • आशिष अधिकारी

    चितवन/आर्थिक बर्ष २०८२/०८३ शुरु भए सगै भरतपुर महानगरपालिकाले दैनिक नियमित बजार अनुगमनलाइ निरन्तरता दिएको छ । दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरुमाथि ठगी भइरहेको भन्दै भरतपुर महानगरपालिकाले बजार अनुगमन कार्यलाई तिब्र बनाएको हो ।

    Advertisement

    महानगरपालिकाले सोमबार नारायणगढ र भरतपुर क्षेत्रका विभिन्न पसलहरुमा कडा निगरानीका साथ अनुगमन गरेको छ ।

    भरतपुर ४ छहारी बसपार्कमा रहेको न्युरे पाउरोटी उद्योगमा ठुलो परिणाममा अखाद्य तेल नष्ट गरिएको छ ।

    खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य प्रमुख प्रमोद चन्द्र पौडेलले चेकजाँच गर्दा तेल अखाद्य भएको पुष्टि भएको हुँदा नष्ट गरिएको बताए ।

    उक्त उद्योगमा सरसफाइ नभएको,खानेपानीको सुविधा नभएको,शौचालय र पाउरोटी बनाउने स्थान नजिकै भएको भेट्टिएपछी महानगरपालिकाले ५ हजार रुपैयाँ सरसफाइ स्वरुप जरिवाना गरेको हो भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने,सुधार नभए अर्कोपटक कडा कारवाही हुन्छ । महानगरपालिकाले भरतपुर ४ कै श्री लक्ष्मी नारायण चिउरा मिल र शिव पाउरोटी उद्योगमा पनि अनुगमन गरेको छ ।

    महानगरले सोमबार नै भरतपुर ७ क्यान्सर अस्पताल अगाडी रहेका विभिन्न खाजा पसलहरुमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा केही अधिकाश पसलहरु दर्ता नभएको पाइएपछी अबिलम्ब दर्ता गर्न महानगरले अनुरोध गरेको छ ।

    बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले तिब्रताका साथ अगाडी बढाएको हो । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको छ ।

    उपभोक्ता अधिकारकर्मीहरुले दैनिक बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरु उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई थप प्रभाकारी बनाएर लैजानु पर्नेमा जोड दिदै आइरहेका छन् । स्वयं उपभोक्ता सचेत नभएसम्म बजार अनुगमनले मात्रै बजार आमउपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने बिज्ञहरु बताउँछन् ।

    सयुक्त बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ ।

    अनुगमनका क्रममा खाद्यान्न तथा खाद्यपदार्थको अनुगमन गर्दा उपभोक्ताले प्रस्ट देखिने गरी मूल्य सूची नराख्ने, मूल्य सूची अद्यावधिक नगर्ने,  खाद्य र अखाद्य बस्तु एक स्थानमा राख्ने,  म्याद गुज्रिएको, अखाद्य बस्तु मिसावट गरेको, मूल्य बढी  लिएको, तौल कम भएको, भण्डारमा सरसफाइ नगरेको जस्ता गतिविधि भएको पाइएको छ। त्यसै गरी मासु, फलफूल तथा तरकारीजन्य पसलहरूको अनुगमन गर्दा सडे गलेको पदार्थ बेच्न राखेको, तौल कम भएको, फ्रिजिङ एवम् भण्डारण अव्यवस्थित भएको, सरसपाइमा ध्यान नदिएको र अधिकतम मूल्य भन्दा बढीमा बेचेको पाइएको छ ।

    चालू आर्थिक बर्ष देखि महानगरले नयाँ र फरक ढंगबाट

    बजार अनुगमन गर्ने निर्णय गरेको छ । जस अनुसार नगर उप प्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा रहेको उपभोक्ता हित सरक्षण समिति अन्तरगत विभिन्न ५ कार्यदल उप समितिहरु गठन गरि कार्य बाडफाड गरिएको छ । ती पाँच उपसमितिले सोमबार बाटै बजार अनुगमन फरक फरक समयमा फरक फरक तरिकाले गर्न शुरु गरिसकेका छन् । स्वास्थ्य सेवा,शिक्षा सेवा,कृषि,पशुपन्छी(माछामासु,भेटेनरी,एग्रोभेट,दुग्धजन्य),खाद्य उद्योग,खाद्य सामाग्री,उपभोग्य सामाग्री, होटल र निर्माण सामाग्री ( घर तथा नक्सा ) कार्यदल उप समितिहरु गठन गरिएको छ ।

    बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.