• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘भुषाल ग्रुप’ले १ अर्बमा खरिद गरे बिशाल सिमेन्ट

"उद्योगहरु ट्रेडिङतर्फ लाग्दै गएको समयमा ट्रेडिङबाट उदाएका भुसाल भने उद्योगमा केन्द्रित भएका छन्  "

  •   आइतबार, असोज ११, २०७७ मा प्रकाशित
  • काठमाडौं /भूषाल ग्रुपले लकडाउनकै समयमा १ अर्ब रुपैयाँमा बिशाल सिमेन्ट खरिद गरेको छ । बुटवल र भैरहवा क्षेत्रमा व्यवसायीका रुपमा परिचित नाम बालकृष्ण भुसालले बिशाल सिमेन्ट खरिद गरेको हो । भुसाल ट्रयाक्टरले चिनाएको उनको परिचय उद्योगीका रुपमा अब परिवर्तन हुँदैछ । उद्योगहरु ट्रेडिङतर्फ लाग्दै गएको समयमा ट्रेडिङबाट उदाएका भुसाल भने उद्योगमा केन्द्रित भएका छन् ।

    अर्घाखाँचीमा जन्मिएर गुल्मीमा बसाइँ सरेका भुसाल व्यापारको सिलसिलामा भैरहवा र बुटवलमा लामो समयसम्म पकड बनाइ काम गरिरहेका उनी पछिल्लो समय व्यवसायलाई राजधानी काठमाडौंमा केन्द्रित गरेका छन् ।केही समयअघि मात्रै खरिद गरेको कम्पनी विशाल सिमेन्टको हस्तान्तरण सम्बन्धि कानूनी प्रक्रिया पूरा गरि ‘अब ५ प्रतिशत सेयर मात्रै नामसारी हुन बाँकी छ, त्यसैको काममा व्यस्त छु,’ उनले  भने ।

    Advertisement

    लामो समय बुटवलमा केन्द्रित भई ट्याक्टर, वायर, हस्पिटालिटी तथा मिडियालगायतका व्यवसायमा लगानी गरेका उनी पछिल्लो समय विशाल सिमेन्टको सम्पूर्ण सेयर खरिद गरेका छन् । भुसालले सिमेन्टमा हात हालेको यो दोस्रो पटक हो । यसअघि उनले २०५७ सालमा बुद्ध सिमेन्टमा लगानी गरेका थिए । तर त्योबेलामा पार्टनरमा लगानी गरेका थिए । उनले १८ महिनापछि त्यहाँबाट बाहिरिए ।

    सिमेन्ट व्यवसायबाट बाहिरिएको २० वर्षपछि उनी फेरि सिमेन्ट उद्योगमा लगानी गर्न आइपुगेका छन् । त्यो पनि एकल स्वामित्वमा । हालसम्म उनले पार्टनरसिपमा कुनै पनि उद्योग तथा व्यवसायमा लगानी गरेका छैनन् ।

    ‘मलाई थाहा छ, अवस्था उत्साहजनकरुपमा सुखद नहोला तर हामीसँग अनेकन विकल्प छन्, व्यवसाय र बजार विस्तारका लागि हामीसँग विकल्प छन्, व्यवसाय चलाउनका लागि समस्या छैन,’ उनले भने ।,कुल १ अर्ब २ करोड ५० लाख रुपैयाँमा विशाल सिमेन्टको सम्पूर्ण सेयर खरिद गरेका उनी आगामी दिनमा यसलाई विस्तार गरी प्रदेश नम्बर ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा व्यापकरुपमा पुर्याउने योजना बनाएको हामीलाई सुनाए ।

    त्यतिमात्रै होइन, हाल ८ सय मेट्रिकटन क्षमतामा सञ्चालित उद्योगको क्षमता दोब्बर बनाएर १६ सय पुर्याउने योजना समेत बनाएका छन् । साथै बिशाल सिमेन्टको बजार विस्तार गर्दै सुर्खेतमा क्लिङकर उत्पादन गरी बिक्री गर्ने समेत योजना बनाएको छ भने दाङ र नेपालगञ्जमा समेत व्यापार बिस्तार गर्ने योजना बनाएको छ ।

    भुसाललाई सबैभन्दा बढी ‘न्यू होल्यान्ड’ ट्रयाक्टर नामले चिनाएको थियो । सन् १९९५ मा स्थापना भएको कम्पनी भुसाल मोटर्स न्यू होल्यान्ड ट्रयाक्टरको आधारिकारिक बिक्रेता हो । कम्पनीको बजार क्षेत्र नेपालमा मेचीदेखि महाकालीसम्म फैलिएको छ । सबैभन्दा बढी पहाडी क्षेत्रमा बिक्री भएको यो ट्रयाक्टर, विभिन्न विमानस्थलमा पनि उत्तिकै प्रयोग हुँदै आएको छ । पहाडमा मात्रै कम्पनीले ९० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

    यस्तो छ व्यवसायीक यात्रा

    बालकृष्ण भुसालले १३ वर्षको उमेरदेखि नै व्यवसाय शुरु गरेका थिए । तत्कालिन समयमा गुल्मीको सदरमुकाम तम्घासमा भाँडा व्यवसाय शुरु गरेपछि केही समयमा उनी बुटवल झरेका थिए ।बुटवलमा आइसकेपछि उनले गल्ला व्यवसायमा हात हाले । उनले शंकर राइस मिलमा लगानी गरेर व्यापार शुरुवात गरे ।

    व्यवसाय विस्तारका क्रममा २५ वर्ष अघि सन् १९९५ मा उनले भुसाल मोटर्स कम्पनी स्थापना गरी ट्याक्टर व्यवसाय शुरु गरे । जसले उनलाई व्यवसायिक उचाइ दिन सफल भयो । त्यसको ५ वर्षपछि सन् २००० मा रामकृष्ण इन्टरप्राइजेज नामक कम्पनीको शुरुवात गरे । सन् २०१० मा आइपुग्दा उनले बीएस मोटर्स प्रालि स्थापना गरे ।

    सन् २०१३ मा उनले भुसाल अटो ट्रेड लिंक प्रालि नामक अर्को कम्पनी स्थापना गरे । व्यवसायिक यात्राको ग्राफ उकालो लाग्दै गर्दा ग्रुपल सन् समूहले सन् २०१७ मा आर्या ग्रुप अफ कम्पनीज प्रालि, भुसाल केवल एन्ड वायर इन्डस्ष्ट्रिज प्रालि र ट्राभललाइट नेपाल डटकम प्रालिको पनि शुरुवात गर्यो ।

    त्यसको १ वर्षपछि सन् २०१८ मा आर्या केवल एन्ड वायर इन्डस्ष्ट्रिजसँगै बुटवलमा होटल मेगाको तेस्रो संस्करण पनि शुरु गरे । साथै सोही वर्ष टाइम्स एजुकेशन सेक्टर प्रालि र थिंक एन्ड ग्रो एजुकेशन प्रालि नामक शैक्षिक परामर्श दातृ संस्था समेत शुरुवात गरे ।

    भुसाल समूहले सन् २०१९ मा कार्या इभेन्टस् प्रालि स्थापना गरेको छ । जसले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने काम गर्दछ । अवार्ड कार्यक्रमहरु, वार्षिक कार्यक्रम, कन्फरेन्स तथा सेमिनार, वर्कसप तथा तालिम, फिस्ट एन्ड फेयरसँगै वर्थडे कार्यक्रम, एनिभर्सरी कार्यक्रम, विवाहिक समारोहलगायतका कार्यक्रमको समेत काम गर्दै आएको छ ।

    कम्पनीले सन् २०२० मा त्रिकोण बिजनेस ग्रुप प्रालि स्थापना गरेको छ । जुन कम्पनीले इलेक्ट्रिक र इलेक्ट्रिोनिक्स सामानहरु आयात गरी बिक्री गर्दै आएको छ ।

    वायरमा लगानी

    भुसाल समूहले सन् २०१७ मा भुसाल केबल एन्ड वायर इन्डस्ट्रिज प्रालिमा लगानी गरी व्यवसाय थप विस्तार गरेको छ । उक्त कम्पनीले मल्टि स्ट्यान्डर्ड वायर ए टु जेड, पावर केबल, एसीएसआर कन्डक्टर, हाउस वायरलगाउतका कैयन उत्पादन गर्दै आएको छ । कम्पनीले हालैका दिनमा ७१३ मिलियन रुपैयाँका लागि रेटिङ समेत गराएको । केयर रेटिङले कम्पनीलाई ए फोर ग्रेड दिएको छ ।

    कम्पनीले सन् २०१८ को तुलनामा सन् २०१९ मा आम्दानी ६२० प्रतिशतले बढाएको थियो भने सन् २०२० मा आम्दानी ११७ प्रतिशतले बढाएको छ ।

    पर्यटन क्षेत्रमा लगानी

    भुसाल समूहले पर्यटन क्षेत्रमा लगानी गर्ने उद्देश्यले सन् २०१० मा मेगा लुम्बिनी ट्राभल्स एन्ड टुर कम्पनीको स्थापना गरेको थियो । हाल कम्पनीले भैरहवामा पाँच तारे होटल ‘होटल मेगा’ र बुटवलमा चार तारे होटल ‘होटल मेगा’मा लगानी गरिसकेको छ ।

    पाँच तारे होटल मेगामा १ लाख ३५ हजार वर्गफिट क्षेत्रफलमा हुनेछ भने क्यासिनो मात्रै ११ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । यसको निर्माण अवधि २ वर्षका लागि तोकिएको छ । ११७ वटा रुम रहने होटलको प्रोमोटरमा बालकृष्ण भुसाल र अमृत भुसाल छन् ।

    त्यसैगरी बुटवलमा शुरु गरिएको चार तारे होटल मेगा तेस्रो इडिसन ५५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको हुनेछ । होटलमा ६१ वटा रुम हुनेछन् भने निर्माण सम्पन्न भइसक्ने अवधि ३ वर्षका लागि राखिएको छ ।

    त्यसैगरी कम्पनीले हवाई टिकट बिक्री गर्नका लागि सन् २०१७मा ट्राभललाइट नेपाल प्रालि नामक कम्पनी स्थापना गरिसकेको छ ।

    बैंकिङ क्षेत्रमा पनि लगानी

    भुसाल समूहको लगानी उद्योगसँगै बैंकिङ क्षेत्रमा पनि छ । भुसालका अनुसार उनको समूह मुख्य लगानीकर्ताका हिसाबले मेगा बैंकमा लगानी गरेको छ भने साइन रेसुङगा विकास बैंकमा समेत लगानी गरेको छ ।

    आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.