जिरौना/लायन्स क्लव अफ लालीगुराँस नारायणगढको आयोजनामा कृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौना सेवा समितिमा आश्रितहरुलाई भोजन सेवा कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी अध्यक्ष गीता पौडेलको अध्यक्षतामा सम्पन्न भोजन सेवा कार्यक्रममा IPDG PMJF लायन दिननाथ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा Second VDG PMJF लायन दिपेन्द्र खतिवडा, डिपार्टमेण्ट Co-Cordinator लायन विनिता नेपाल, पिआरओ चिफ लायन मधुर नेपाल, कलष्टर चिफ एमजेएफ लायन राजु पिया, जोन चियर पर्सन लायन खेम कुमारी पौडेल (देवी), कृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौना सेवा समितिका सचिव रामहरि अधिकारी, क्लवका पूर्व अध्यक्षहरु लायन मिना श्रेष्ठ, लायन सरस्वती श्रेष्ठ, निवर्तमान अध्यक्ष लायन अम्बिका श्रेष्ठ, सचिव लायन राधा शर्मा, कोषाध्यक्ष लायन राजकुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
हाल अमेरिका बसोबास गर्दै आउनु भएकी रमा पोख्रेलको आर्थिक सहयोगमा भएको भोजन सेवा कार्यक्रमलाई लायन्स क्लव अफ लालीगुराँस नारायणगढकी पूर्व अध्यक्ष लायन मिना श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने क्लवकी अध्यक्ष लायन गीता पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





