• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अनायासको दमदार कृति ‘अनायास’प्रति आकर्षित हुँदैगर्दा


  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
  • -केशवराज आमोदी

    Advertisement

    आने में सदा देर लगाते ही रहे तुम ,
    जाते रहे हम जान से , आते ही रहे तुम ।
    -‘रासिख’ अजीमाबादी ।

    बगरमा बालुवाको घर बनाउन खोज्दै छ ऊ ,
    र त अरूको बस्तीमा आगो लगाउन खोज्दै छ ऊ ।
    -अनायास , ग. सं. , पृ. ५४ ।

    पिता हरिप्रसाद पौडेल र माता कुमकुमारी पौडेलका पुत्र-रत्नका रूपमा चितवनको भरतपुर-५ , कैलास नगरमा २०४४ माघ ४ गते रामकृष्ण पौडेलको जन्म भएको हो ।लेखनको आरम्भ २०५८ बाट गरेका अनायासले फुच्ची जमुनासँग युगलरूपमा ‘धमिलिएका डोबहरू’ ( सबाल जवाफ सयुक्त गजलसङ्ग्रह ? ) प्रकाशनमा ल्याएझैं ‘अनायासका पानाहरू’मार्फत ई गजल कृति इन्टरनेटद्वारा रसास्वादन गर्न सकिन्छ । चितवन मेडिकल कलेजमा क्रियारत रहँदै गजल मञ्च चितवनको वर्तमान नेतृत्व कुशलतापूर्वक समाल्दै आइरहेका अनायासले कविता , गीत , गजल , मुक्तक , हाइकु र लघुकथाहरूमा हात बसालिसकेका छन् तापनि यिनी गजलका लागि बेसी समर्पित र सफल देखिन्छन् । रामकृष्ण अनायासको कृतिले मलाई विशेष मोहनी लगांउनुको के पनि कारण छ भने कारण मेरो प्रमुख आतिथ्यमा ” प्रत्यूष , अन्जानमा गयौ कि ? र ‘अनायास’ विमोचित हुनुभन्दा पनि प्रेम प्रणय , सामाजिक सद्भाव , स्वाधीनताका साथै सामाजिक विकृति र विसङ्गतिप्रति खरो विचार सम्प्रेषणले आकर्षित भएको हुँ ।

    आजभोलि गजलको लोकप्रियता बढ्दो गतिमा छ । सिकारुदेखि लिएर राष्ट्रस्तरका लब्धप्रतिष्ठित साहित्यकारहरूसमेत गजल लेख्न र सुन्न रुचाउँछन् । गजलका कृति नै तयार पार्नेहरूको सङ्ख्या तोक्न पनि गाह्रो भइसकेको छ । यतिखेर मेरो हातमा रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास ‘ ( २०८२ )आइपरेको छ । यस कृतिको अग्रपृष्ठहरूमा समालोचक रमेश प्रभातको प्रकाशकीय र भूमिका र कृतिकारको मन्तव्य र पश्चावरणमा लेखराम सापकोटा र बालकृष्ण थपलियाका विशेष भनाइहरूले कृतिको ओज बढाएझैं लाग्दछ।

    सामान्यत: गजल भनेको कोमलकान्त पदावलीले समन्वित रदिफोकाफियाको अनुशासनमा रहेर सुकुमार शैलीमा सिर्जना गरिने लयात्मक रचना हो । नेपाली साहित्यमा बहुप्रतिभाशाली युवाकवि मोतीराम भट्ट ( वि सं. १९२३-१९५३ ) ले १९४० सालतिर उर्दू फारसीबाट नेपाली साहित्यमा भित्र्याएका हुन् । युवा-युवती बिचको हार्दिकतापूर्ण प्रणयवार्तामा केन्द्रित रचनालाई गजलका रूपमा हेरिए पनि युगीन परिवर्तनसँगै गजलप्रतिका धारणाहरुमा पनि परिवर्तित हुँदै आइरहेका छन् ।’जब दो दिल मिलते हैं तो गजल बनते है’ बाट परिवर्तित भई ” जब दो वर्ग आपस में टकराते हैं तो गजल बनते है” ‘मा पल्लवित भई ओइलाउन थालिसकेको छ । गजलको उच्च मूल्याङ्कन गर्दै उर्दू फारसी साहित्यमा स्वतन्त्र , अनुपम र विशिष्ट काव्यात्मक विधाका रूपमा स्थापित गरिए पनि नेपाली साहित्यमा भने कविताको उपविधामा राखेर अध्ययन गर्ने गरिन्छ ।
    गजलका साधकहरुले शेर , रदीफ , काफिया , मिसरा , मत्ला , मक्ता , मुसलसल गजल , गैर मुसलसल गजल , मुरद्दफ गजल र गैर मुरद्दफ गजल , रुक्न , अरकान र बहर आदिका प्राविधिक र शास्त्रीय शब्दहरुसहित यसका संरचनात्मक पक्ष , विषयात्मक पक्ष र कलात्मक पक्षका वारेमा राम्ररी बुझ्नुपर्दछ । अनायासका रचनामा दृष्टि फेर्दा उनले गजलका नीति नियम बुझेर लेखेका हुन्जस्तो लाग्दछ । यस कृतिमा ७० वटा गजलहरू सङ्कलित छन् । बैंसे पिरती , हार्दिकता , शान्ति , स्वाधीनता , हक , अधिकारसहित समाजिक , राजनीतिक र सांस्कृतिक तहमा कालो बादलझैं फैलिरहेको विकृति विसङ्गतिप्रति गजलकारले तीव्र हुङ्कार भरेका छन् । गजल कति सुन्दर र पठनीय तलका शेरका बानगीबाट सहजै अनुमान लगाउन सकिन्छ । यथा-

    मेरा गजललाई त्यति कमजोर नठान महाशय !
    म गजल लेखेरै यो सरकार गिराउन सक्छु !पृ. ७

    फूललाई के थाहा कति बेला झर्छु भनेर
    हेर्नु त मान्छेको घमन्ड सोच्दैन मर्छु भनेर । पृ. ८

    अस्पतालबाटै बिरामीको मृगौला चोरिएपछि
    डाक्टरले अरूको भावना बुझेन नाफा कमाउनु अघि । पृ. ३०

    हेर ! मधेस जलाएर पहाड ढलाउँदैछन् छिमेकीले
    आफ्नै झण्डा गाड्ने अनि शासन चलाउँदैछन् छिमेकीले। पृ.४०

    तिर्खाएको तिम्रो प्यासको पानी बन्छु भन्थ्यौ
    संसार देख्ने त्यो आँखाको नानी बन्छु भन्थ्यौ । पृ. ६५

    चर्चित गजलकार रामकृष्ण अनायासले आगामी दिनहरूमा पनि यस्तै राम्रा र स्तरीय कृतिहरू प्रकाशनमा ल्याउन र गजलका प्यासीहरूको तिर्खा मेटाउन सकून् भन्ने हार्दिक शुभेच्छासहित लेखनी थाम्दछु । सर्वे भवन्तु सुखिन: … !!

    आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.