काठमाडौं/सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन्। बिहीवार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएको बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
Advertisement
उनले प्रत्येक कुरा सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्यूनतम सुनुवाई हुने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए। उनले मागहरू अव्यवहारिक, असान्दर्भिक वा अनुचित भए तत्कालै स्पष्ट भन्न सक्नुपर्ने बताए। प्रयासको बाबजुद सुनुवाई नभए सडकमा जानु असंवैधानिक नठहर्ने उनको भनाइ छ।




