- आशिष अधिकारी
चितवन/भरतपुर महानगरले स्वास्थ्य सस्थाहरु माथी बिगत केहि दिन देखि गर्दै आइरहेको अनुगमलाइ तिब्र बनाएको छ । महानगर भित्र सन्चालनमा रहेका अधिकाश स्वास्थ्य सस्थाहरु मापदण्ड बिपरित सन्चालन भएको पाइएपछि महानगर खरो रुपमा उत्रिएको हो । जनस्वास्थ्य शाखा प्रमुख दिपक सुबेदिले केही स्वास्थ्य सस्थाहरु मापदण्ड बिपरित सन्चालनमा रहदा मापदण्डअनुसार चलेका सस्थाहरुलाइ असर परेको कारण अनुगमन गरिएको बताए । स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि,२०७७ भन्दा बाहिर गएर सन्चालन गरेकै कारण नियमन निकाय एक्सनमा उत्रिनु परेको सुवेदीले बताए । सोमबार भरतपुर महानगरपालिका वडा नं ११ का आधा दर्जन स्वास्थ्य सस्थामा गरिएको अनुगमन क्रममा शुभान्सी हेल्थ केयर एण्ड फार्मेसी तथा अल्फाईन क्लिनिक दुवै मापदण्ड बिपरित सञ्चालनमा रहेको पाईएको छ । दर्ता नभएका यस्ता सस्थाहरुलाइ ३ दिनभित्र दर्ता गरेर मात्र सन्चालन गर्न तथा हाललाई बन्द गर्न निर्देशन गरिएको छ । महानगरले हाल अस्पताल,आयुर्वेदिक क्लिनिक,होमियोपेथिक क्लिनिक,स्वास्थ्य क्लिनिक तथा प्रयोगशालाहरुको अनुगमन गर्दै आइरहेको छ। उनिहरुलाइ स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि,२०७७ अनुसार कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।




