माडी ९ स्थित कृष्णनगरमा संचालित कृष्णनगर दुग्ध सहकारी पुनः संचालनमा आएको छ । २ बर्ष भन्दा बढी समय बन्द भएको सो सहकारी पुनः संचालन गराउन वडाले समेत पहल गर्दै आएको थियो । वि.स. २०६७ सालमा स्थापना गरिएको उक्त सहकारी ९ जना शेयर सदस्यबाट ५/५ हजार प्रतिव्यक्ति शेयर राखेर स्थापना गरिएको शेयर सदस्य प्रेम आचार्यले जानकारी दिनुभयो । बन्द रहेको डेरी व्यवसायको मर्मत सम्भार र चाहिने उपकरण जस्तै, क्यान, गुणस्तर मापन यन्त्र आदिको खरिदको लागि वडाको बजेटबाट २ लाख रुपैयाँ सहयोग गरिएको वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, २० वटा उन्नत जातका गाई खरिदका लागि ५० प्रतिशत अनुदान वडाले प्रदान गर्ने र ५० प्रतिशत किसानको हुनेछ । वडाले निरन्तर दुध ल्याउने किसान र संचालकहरुलाई पोप्साहन स्वरुप डेरी पुनः संचालनमा ल्याएसंगै किसानहरु उप्साहित भएका छन् । भौगोलिक कारण र बर्षातको समयमा खोलाहरुमा पुल निर्माण नहुँदा किसानलाई दुध ल्याउन सास्ती भएको थियो । हाल १६० भन्दा बढी लिटर दुध संकलन हुँदै आएको छ ।
Advertisement




