• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पाठेघरको मुखको क्यान्सर र यसको रोकथामका उपायहरु


  •   बुधबार, असार ३२, २०८२ मा प्रकाशित
  • विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पदर्छ । भने, नेपालमा पहिलो नम्बरमा नै पदर्छ । नेपालमा धेरै जसो ग्रामिण भेगको महिलाहरूलाई पाठेघर मुखको क्यान्सर हुने गरेको तथ्यहरुले बताउँछ । विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । क्यान्सर लग्यो भने मृत्यु हुन्छ भन्ने आम बुझाइलाई परिवर्तन गरेर क्यान्सर लाग्न नदिन परीक्षण र लागिहाले समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । महिलाहरुमा बढ्दो रुपमा रहेको पाठेघरको क्यान्सरका विषयमा मनकामना अस्पतालकी नर्सिङ प्रशासन प्रमुख श्री कविता खतिवडासँग गरिएको कुराकानीको सारसंक्षेप :

    Advertisement
    • पाठेघरको क्यान्सर कसरी थाहा पाउने ?
      जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्नु क्यान्सर हुनु हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन् । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये धेरै हुने स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।
    • रोकथामका लागी के गर्नुपर्छ ?
      महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । हामीले क्यान्सरको उपचार भन्दा पनि कसरी क्यान्सर हुन नदिने या क्यान्सरबाट कसरी बच्ने भन्नेबारे सोच्नु पर्छ । महिलाहरुलाई धेरै देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर दुबैबाट बच्ने उपाय छ । जसलाई स्क्रिनीङ टेस्ट भनिन्छ । स्क्रिनीङले रोग लाग्नभन्दा अगाडि नै आफूलाई त्यो रोग लाग्ने वाला छ भनेर थाहा पाउन सकिन्छ । स्क्रिनीङका तीन वटा तरिका छन्, भीआईएलाई टेस्ट, प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण । एचपिबी डिएनए परीक्षण एक पटक गरेपछि पाँच वर्ष सम्मलाई गर्नु पर्दैन । विशेषत पाठेघरको मुखको क्यान्सरमा समय भन्दा अघि पत्ता लगाउनुकोसँगै रोग नै नलाग्न दिन पनि सक्छौं । जसको लागि भ्याक्सिन छ । भ्याक्सिन भनेको रोकथाम हो ।
    • कारणहरु के–के हुन सक्छ ?
      ९० प्रतिशत भन्दा धेरै पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको कारणले गर्दा हुन्छ । तर यो संगै सानो उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु, सानो उमेरमा बच्चा जन्माउनु र सरसफाईको कमीले हुने गर्दछ ।
    • किन ९ देखि १४ वर्ष उमेरलाई भ्याक्सिन लगाउने उपयुक्त उमेर मानिन्छ ?
      त्यो उमेरमा बालबालिकाहरु यौनजन्य क्रियाकलापमा सक्रिय भएका हँुदैनन् । उक्त भाइरस आउने भनेको पुरुषबाट हो । त्यसकारण एकपटक यौनसम्पर्क भइसकेपछि भाइरस सर्ने जोखिम उच्च हुन्छ । सबैमा भाइरस सर्छ भन्ने त हुँदैन । त्यसकारण ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । १४ वर्ष पछि पनि बच्चाहरु यौनजन्य क्रियाकलापमा सक्रिय नभएको भए भ्याक्सिन लगाउन मिल्छ । अहिले २६ र ४६ वर्ष उमेर सम्म महिलाहरुले लगाउन मिल्ने भ्याक्सिनहरु पनि आएको छ । तर सानो उमेरमा लगाएको भ्याक्सिन प्रभावकारी हुन्छ ।
    • गर्भावस्थामा पाठेघरको क्यान्सर पहिचान भएमा के हुन्छ ?
      त्यस्तो अवस्थामा बिरामीको स्टेज कुन हो पत्ता लगाइन्छ । हरेक परिवारको लागि सन्तान पनि जरुरी हुन्छ, त्यसकारण कुन सन्तान हो त्यो बुझिन्छ । पहिलो सन्तान हो र सुरुवाती चरणमा छ भने कुरेर बच्चा जन्मिए पछि नै क्यान्सरको उपचार गर्ने गरिन्छ ।
    • पाठेघरको मुखको क्यान्सर कुन स्टेजसम्म निको हुन्छ ?
      पाठेघरको मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । यो क्यान्सरमा तेस्रो स्टेजको अन्तिमतिर भएका बिरामीहरु समेत निको हुन सक्छन् । क्यान्सर भएपछि मरिन्छ भन्ने भ्रमले यसको उपचार नै नगराउनु गलत हो । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको “ए” स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ । अप्रेसन भनेको पाठेघर निकालेर फ्याल्नु हो । पाठेघर फ्यालेपछि पनि अन्यखाले खतरा छ भने थप उपचार गर्नुपर्छ । दोस्रो स्टेजको “बि” देखि लिएर तेस्रो स्टेजमा पुगेपछि अप्रेसन गरिँदैन । किमोथेरापी र रेडियोथेरापी संगसंगै दिएर उपचार गरिन्छ । चौथों स्टेज भन्ने बित्तिकै रोग फैलिसक्यो भन्ने बुझ्नु पर्छ । त्यस्तो अवस्थामा बिरामीलाई के गर्दा सहज हुन्छ त्यसरी नै उपचार गरिन्छ ।

    श्री कविता खतिवडा, नर्सिङ प्रशासन प्रमुख , मनकामना अस्पताल

    बुधबार, असार ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.