• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

खानेबित्तिकै पेट किन दुख्छ ? कारण र रोकथामका उपायहरू


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • पेट दुख्ने समस्या नभएका मानिस सायदै होलान्। गम्भीर रुपमा होस् या सामान्य प्रकारको नै किन नहोस् पेट दुख्ने समस्या सबै मानिसले भोगेका हुन्छन्। त्यसैले पेट दुख्नुलाई धेरैले सामान्य रुपमै लिने गरेको पाइन्छ। तर, कहिलेकाहीँ पेट दुख्ने समस्याबारे हेलचेक्र्याँइ गर्दा पेटमा अल्सर वा क्यान्सर भएर पेटभित्रका कुनै अंग शल्यक्रिया गरेर फ्याल्नुपर्ने पनि हुन सक्छ।

    पेटको दुखाइ जटिल रोगको संकेत पनि हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ। पेट दुख्नुका धेरै कारण हुन्छन्। कसैकसैमा पेटकै रोगका कारण पेट दुखेको हुन सक्छ भने केहीमा खानपिनमा हुने गडबडीका कारण पेट दुख्छ। खानपानमा गडबडी हुँदा पेट दुख्ने, पेट फुल्ने, डकार आउने, वान्ता हुने, खाना खानेबित्तिकै दिसा लाग्ने जस्ता समस्या देखा पर्छन्। यहाँ खाना खानेबित्तिकै पेट दुख्नुका कारण र त्यसका रोकथामका उपायबारे चर्चा गरिएको छ।

    Advertisement

    रोगका कारण हुने पेट दुखाइ

    १. लिभर सिरोसिस

    लिभर बिग्रिएको अवस्थालाई लिभर सिरोसिस भनिन्छ। कसैकसैको रक्सी सेवनले गर्दा पहिले नै लिभर बिग्रिएको हुन सक्छ। लिभिर सिरोसिसका कारण पेट पहिलेदेखि नै ढाडिएको हुन्छ, जसले गर्दा थोरै खाना खाँदा पनि पेट दुख्न सुरु हुन्छ।

    २. क्रोन्स डिजिज

    क्रोन्स डिजिजि भनेको मुखदेखि सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारसम्मै सानो-सानो घाउ आउने समस्या हो। यस्तो समस्या भएकाहरुलाई खाएको खानेकुराले घाउमा ठोक्किने भएकाले खाना खाँदा पेट दुख्न सक्छ।

    ३. भाइरल इन्फेक्सन

    पेटमा ब्याक्टेरियल भाइरल इन्फेक्सन छ भने पेट पहिले फुलेको हुन्छ। यो इन्फेक्सन भएको अवस्थामा पनि थोरै खाना खाँदा पेट दुख्न थालिहाल्छ।

    ४. अल्सर

    अल्सर भएर खाना जाने नली (पाइलोरिक रिङ) साँघुरिएको भएमा पनि खाना खाँदा पेट दुख्ने गर्छ। यसले गर्दा पेट ढाडिँदै आउँछ र पेट नराम्रोसँग दुख्छ।

    ५. पेटको शल्यक्रिया

    क्यान्सर/अल्सर भएर पेटको आन्द्राको शल्यक्रिया गरिएको वा कुनै अंग काटिएको भएमा पेटको भाग साँघुरो भएको हुन्छ। यस्ता बिरामीको पेटमा थोरै खानेकुरा पर्दा पनि ढुस्स भएर फुल्छ र दुखाइ बढ्छ।

    ६. कब्जियत

    पेट दुख्नुको कारण कब्जियत पनि हो। अधिकांश मानिसलाई कब्जियतका कारण पेट दुखिरहेको हुन्छ। जति खाना खाए पनि दुईदेखि तीन तीन दिनसम्म दिसा हुँदैन। यसलाई ‘इरिटेबल वल सिन्ड्रोम’ भनिन्छ। पर्याप्त मात्रामा ग्यास पास नभएका कारण पेट ढाँडिरहन्छ र दुखिरहन्छ।

    खानाको गडबडीले हुने पेट दुखाइ

    ७. कार्वोनेटेड खानाको अत्यधिक प्रयोग

    कार्वोनेटेड खानेकुरा (जस्तैः भुटेको, तारेको, पोलेको मासुको परिकार आदि) धेरै खाएमा पेट दुख्ने समस्या आउँछ।

    ८. ग्यासयुक्त पेय पदार्थ

    ग्यासयुक्त पेय पदार्थ (कोक, फेन्टा, पेप्सी आदि) पिउँदा पेटमा ‘ग्यास फर्मेसन’ हुन्छ र पेट दुख्न थाल्छ। यस्तै बन्दा, काउली, प्याज, लसुन, केराउ आदि ग्यास फर्मेसन गर्ने खानेकुरा खाँदा पनि कसैकसैलाई पेट दुख्न सक्छ।

    ९. खानाको तरिका

    खाना खाँदा आरामले बिस्तारै खानुपर्छ। छिटो-छिटो वा हतारमा खाँदा पनि पेट दुख्ने समस्या आउँछ। छिटोछिटो खाना खाँदा खानासँगै हावा पनि पेटभित्र जान्छ। जसले पेटमा ग्यास भरिन्छ र पेट ढाडिएजस्तो भएर दुख्ने गर्छ।

    १०. प्रदूषित खाना

    प्रदूषित खानेकुरा खाँदा पनि पेट दुख्ने हुन्छ। यस्तै धेरै दिनको बासी खानेकुरा, बजारमा धुलो-फोहोर ठाउँमा राखिएका खानेकुरा र राम्रोसँग नपाकेको खानेकुरा खानासाथ पनि पेट दुख्ने हुन सक्छ।

    पेट दुख्नबाट बच्ने उपाय

    १. खाना समय लगाएर विस्तारै चपाएर खाने।

    २. चना, केराउजस्ता गेडागुडी खाँदा एक दिन भिजाएर राख्ने र अर्को दिन सफा गरेर राम्रोसँग पकाएर मात्र खाने।

    ३. नियमित व्यायम गर्ने।

    ४. बढी चिल्लो, पिरो, अमिलो खाने कुरालाई कम गर्ने।

    ५. साँधेको, पोलेको, तारेको मासुका परिकार सकेसम्म नखाने।

    ६. धूमपान र मध्यपानको प्रयोग नगर्ने।

    ७. पेट दुखेको निको पार्न अनुमानका भरमा औषधिको प्रयोग नगर्ने।

    ८. प्रसस्त शुद्ध पानी पिउने।

    ९. जङ्क फुडको प्रयोग नगर्ने। सकभर घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाल्ने।

    १०. पेट सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने। -स्वास्थ्य खबर

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.