कालिका/ पुर्वी चितवनको कालिका-७ मा अवस्थित पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी स्काउट ट्रूपको आयोजनामा दुई दिने `पृथ्वी स्काउट मनसुन क्याम्प तथा दिक्षान्त समारोह´ सम्पन्न भएको छ।
कालिका ओपन स्काउट क्र्युको प्राविधिक सहयोग रहेको सो क्याम्प असार २७ र २८ गते संचालन भएको थियो।
युवाहरूमा स्वअनुशासन, नेतृत्व विकास,आपसी भाइचारा र समाजसेवाको भावना विकास गराउने उद्देश्यले सो क्याम्प आयोजना गरिएको हो।
साथै,सो क्याम्प मार्फत युवाहरुमा सेवा भावना, अनुशासन,आत्मनिर्भरता, सहकार्य, राष्ट्र प्रेम र प्रकृतिप्रेमको भावनाको विकास गराउनु पनि हो।
कालिका नगरपालिकाका उप-प्रमुख तथा स्थानीय स्काउट कार्यालय कालिका नगरपालिका स्काउट प्रमुख विमला तामाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं कालिका नगर शिक्षा समिति सदस्य अमृत लामिछाने सभाध्यक्षको रुपमा रहेका थिए।
त्यस्तै,विशिष्ट अतिथिको रुपमा कालिका वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष कमलराज मोक्तान, विद्यालयका प्रधानाध्यापक तथा स्काउट संरक्षक सूर्यभक्त अधिकारी,नेपाल स्काउटका सहायक राष्टिय प्रशिक्षक तथा रोभर लिडर सन्तोष बस्ताकोटी ,रेन्जर लिडर सिता कार्की,परिषद सदस्य विष्णु लाल श्रेष्ठ र राजु पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष वावुराम अर्याल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङ्गले स्काउटिङ्गको बिकास बारे सिंगो नगरपालिका नै सकारात्मक रहेको भन्दै स्काउटहरुको गतिविधिले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका रहेकोमा प्रशंसा गर्नुभयो।




