माडी/“राम्रो कामको लागि एकता” भन्ने उद्देश्य अनुरुप स्वार्थभन्दा माथि सेवालाई आत्मसाथ गर्दै रोटरी वर्ष २०२५/०२६ को सन्दर्भमा रोटरी अन्तराष्ट्रिय ३२९२ अन्तर्गत रोटरी क्लव नारायणी मिडटाउनद्वारा चितवनको माडी नगरपालिका क्षेत्रभित्र रहेका १० वटा सरकारी विद्यालयहरुमा ७५ वटा पंखा र १० वटा फोर वे टेष्ट बितरण गरेको छ ।
रोटरी क्लव नारायणी मिडटाउन वर्ष २०२५/२०२६ का अध्यक्ष प्रमेश्वर भण्डारीको नेतृत्वमा माडी पुगेको पूर्व अध्यक्षहरु, पदाधिकारी एवम् सदस्यहरुको टोलीले उक्त सामाग्री वितरण गरेको थियो ।
माडी नगरपालिका क्षेत्रभित्र रहेका दिवाकर स्मृति मा.वि.लाई २३, राष्ट्रिय आधारभूत विद्यालय जीवनपुरलाई ५, राष्ट्रिय आधारभूत विद्यालय सिखारीपुरलाई ६, राष्ट्रिय आधारभूत विद्यालय सिम्रहनीलाई २, ब्रहमज्योति आधारभूत विद्यालय जगन्नाथपुरीलाई ८, राष्ट्रिय आधारभूत विद्यालय गोविन्द वस्तीलाई २, श्रीकृष्ण नगर मा.वि., कृष्णपुरलाई १२, जनजागृति आधारभूत विद्यालय भालुखोलालाई ४ र किर्तनपुर आधारभूत विद्यालय किर्तनपुरलाई ४ गरी ७५ थान पंखा र १० वटा फोर वे टेष्ट उपलब्ध गराईएको थियो । क्लवले अन्य क्षेत्रहरुमा समेत आवश्यकता अनुसार सहयोग गर्दै अगाडि बढ्ने लक्ष्य लिएको रोटरी क्लव नारायणी मिडटाउनका अध्यक्ष प्रमेश्वर भण्डारीले जानकारी दिनुभयो । चितवन जिल्लाभित्रका सम्पूर्ण सरकारी विद्यालयहरुमा वितरण गरिने लक्ष्य लिएको भएता पनि शुरुवातमा माडी क्षेत्रबाट शुरु गरिएको र वितरण गरिने सामाग्रीहरु रोटरियनहरुले आफ्नै खर्चमा उपलब्ध गराउँदै आउनु भएको छ ।





