भरतपुरसामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रा.लि.ले जिल्ला प्रशासन कार्यालय चितवन परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सेक्युरिटी र सरसफाईका क्षेत्रमा कामको खोजीमा रहेको युवायुवतीहरुलाई कर्मचारी तथा कामदारहरु रुपमा रोजगारी सिर्जना गरी सामाजिक कार्यहरुमा अग्रणी भूमिका खेल्दै आएको गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रा.लि.ले जिल्लाका विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउँदै आईरहेको गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक अश्विन गोलेले जानकारी दिनुभयो ।
गढी सेक्युरिटी सर्भिसले शनिबार जिल्ला प्रशासन कार्यालय परिसरमा करीब ३ दर्जन बढी आफ्ना कर्मचारी तथा कामदारहरुको सक्रियतामा सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो ।
Advertisement






