बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
Advertisement
प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार, नवलपरासीस्थित पूर्व-पश्चिम राजमार्ग, संखुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पाको भेरी कोरिडोर, रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी कोरिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।
यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी कोरिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
कुन-कुन राजमार्ग छन् अवरुद्ध ?





