• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

चितवनमा सुनचाँदी व्यवसायी आन्दोलित, सटर बन्द गरेर सडकमा र्‍याली


  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • अमिर रामदाम
    चितवन/चितवनका सुनचाँदी व्यवसायीहरू सटर बन्द गरेर सडकमा र्‍यालीमा उत्रिएका छन्। सरकारले सुन र सुनका गरगहनामा विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरहरूमा भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले आज आईतबार चितवनमा बृहत मोटरसाईकल र्‍याली तथा खबरदारी सभा गरेका छन्।
    नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र  रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) को संयुक्त आह्वानमा नारायणगढको शहिदचोकबाट शुरू भएको  मोटरसाईकल र्‍याली चौविसकोटि, गितानगर, पार्वतिपुर, कृष्णचोक, अमृतचोक, बुद्धनगर, तेलौली, चनौली, शारदानगर टाउन, रामपुर, मगंलपुर हुँदै पुल्चोकमा आएर कोण सभामा परिणत भएको थियो। व्यवसायीहरूको आन्दोलनमा कालिगढ तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको छ ।
    विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) को नयाँ व्यवस्थाले बजारमा मन्दी निम्त्याउने, उपभोक्तामा आर्थिक भार थपिने र अवैध कारोबारलाई प्रोत्साहन हुने नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष तथा संयुक्त आन्दोलन परिचालन समितिका अध्यक्ष हेमबहादुर विश्वकर्माले बताउनुभयो।
    सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुको रुपमा कर लगाएपछि करसम्बन्धी त्यस्ता व्यवस्थाहरू खारेज गर्नुपर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले बताउनुभयो। सुनको भन्सार छिमेकी मुलुक भारतमा जस्तै ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदी कारोबारको लागि प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो।
    सुनचाँदीलाई नेपालमा विलासिताको वस्तु नभई संस्कृति, परम्परा र बचतको माध्यमका रूपमा लिइने उल्लेख गर्दै यस्तो करले बजारमा महँगी बढ्ने र चोरीपैठारीको जोखिम बढ्ने उहाँले बताउनुभयो। नेपाल सुनचाँदी व्यवसायी महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्माले भन्नुभयो “करले उपभोक्तालाई आर्थिक भार पर्नुका साथै बजारमा मन्दी आउने र लाखौं व्यवसायी, कालिगढ र कर्मचारीहरूको रोजगारी खोसिने खतरा छ । ”
    नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष टेकबहादुर विश्वकर्माले यस अव्यवहारिक करको विरोध गर्दै सरकारलाई नागरिकको समस्याप्रति जवाफदेही हुन र जनविरोधी निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो।  उहाँले भन्नुभयो “हामी कर तिर्न विरोधी होइनौँ, तर असमान र अनुचित कर संरचनाले व्यवसाय धराशायी बनाउने खतरा बढेको छ ।  ”
    खबरदारी सभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम,  नेपाल सुनचाँदी व्यवसायी महासंघका बागमति प्रदेश सदस्य दिनेश खाती, रत्ननगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा संयुक्त आन्दोलन परिचालन समितिका सहसंयोजक दिपक सेन्चुरी, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष मोहन सुनार, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव तथा संयुक्त आन्दोलन परिचालन समितिका सदस्य सचिव गोपाल बहादुर वि.क थापा,  नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सहकोषाध्यक्ष भीमप्रसाद वि.क, पश्चिम चितवन इकाई नं १ संयोजक अन्जु सुनार, पश्चिम चितवन इकाई नं २ का सल्लाहकार कृष्ण रसाईली,  पश्चिम चितवन इकाई नं ३ संयोजक विजय वि.क , पश्चिम चितवन इकाई नं ४ का संयोजक मेख बहादुर सुनार (आकाश), सचिव मधु सुनार, इच्छाकामना गाउँपालिका इकाई समिति संयोजक राजु सुनार, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामे, पश्चिम चितवन सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष मैना सुनारले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
    र्‍यालीको क्रममा फरक फरक सात स्थानमा खबरदारी सभा आयोजना भएको थियो। यसअघि संयुक्त संघहरुको आयोजनामा असार १८ गते संयुक्त विरोध र्‍याली तथा खबरदारी सभा, असार १९ गते पूर्वी चितवनको केन्द्रीत संयुक्त विरोध मोटरसाईकल र्‍याली तथा खबरदारी सभा आयोजना गरिएको थियो।

    Advertisement

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.