सैनामैना नगरपालिका बाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र बिध्यालयलाई भब्य समारोह बीच सम्मान गरेको छ। केही दिन अघि प्रकाशित नतिजा अनुसार सैनामैनाका १० विद्यार्थी ले जिपिए प्राप्त गरेका थिए। शत प्रतिसत पास गराउन सफल बिध्यालय लाई समेत सम्मान गरिएको छ।सम्मानित विद्यार्थी लाई खादा प्रमाणपत्र र नगद राशि सहित सम्मान गरिएको थियो। कार्यक्रममा बधाई ज्ञापन गर्नुहुँदै नगर प्रमुख फडेन्द्र प्रसाद शर्मा ले सामुदायिक विद्यालय र संस्थागत बिध्यालय दुबै तर्फ बाट ल्याउन सकेको नतिजाले सैनामैनाको शिर उचो भएको छ।
सैनामैना शिक्षा को क्षेत्रमा एउटा हब को रुपमा बिकास गर्न टेवा पुगेको छ। सैनामैनाको शिक्षा सुधारको लागि अभिभावक शिक्षक विद्यार्थी बिध्यालय वार्ड र नगरपालिका को समेत महत्त्वपूर्ण भुमिका रहेको छ। विद्यार्थी अभिभावक शिक्षक हेड सर बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष लाई समेत खादा सहित सम्मान गरिएको थियो। सम्मान कार्यक्रम मा उपप्रमुख बिना राना ले स्वागत गर्नुभएको थियो। प्रमुख प्रशासकिय अधिकृत जिबन जिबन ज्ञवालिले सुभकामना दिनुभएको थियो। कार्यक्रम को सन्चालन शिक्षा अधिकृत राधा बेलबासे ले गर्नुभएको थियो।
Advertisement




