• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एनआरएनए माल्टाको सदस्यता दर्ता प्रक्रिया स्थगित भएको विज्ञप्ति आए पनि दर्ता प्रक्रिया कायमै


  •   बिहिबार, असार १२, २०८२ मा प्रकाशित
  • माल्टा/ गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद माल्टाले सदस्यता दर्ता प्रक्रियाको काम स्थगित भएको विज्ञप्ति निकाले पनि सदस्यता दर्ता प्रक्रियाको काम नरोकी कायमै रहेको छ । एनआरएनए माल्टाले मे २६ देखि जुन २६ तारिखसम्मका लागि सदस्यता खुला गरेको थियो । सदस्यता दर्ताको काम भइरहेको बेलामा जुन २१ तरिखका दिन एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा विविध प्राविधिक तथा संगठनात्मक असमझदारीको कारण देखाउदै सदस्यता दर्ता प्रक्रियाको काम स्थगित भएको जानकारी गरिएका थिए ।
    सदस्यता दर्ता प्रक्रिया स्थगित भएको आधिकारिक विज्ञप्ति सार्वजनिक भएपनि सदस्यता दर्ताको काम नरोकिएको अध्यक्ष खनालले माल्टा नेपाल अनलाइनसंग कुरा गर्दै स्वीकार गरेका छन् । संस्थाले सदस्यता स्थगित भएको विज्ञप्ति निकाले पछि पनि सदस्यता भर्ने काम भइरहेकोले विज्ञप्तिले भ्रम सिर्जना गरेको भन्दै यतिबेला विरोध भइरहेको छ । कसैको समुहमा नजोडिएर स्वतन्त्र रुपमा सदस्यता भर्न खोजेका सर्वसाधरणमा यस विज्ञप्तिले दुबिधा उत्पन्न गरेको छ । स्थगित भएको विज्ञप्ति निकाले पनि सदस्यता भर्ने काम गरी रहेकोले एनआरएनएको विज्ञप्तिप्रर्ती आपत्ति जनाउदै स्वतन्त्र रुपमा सदस्यता भर्नेहरुलाई पन्छाउन खोजेको नेपाली समाज माल्टाका सचिव एवम् माल्टामा क्रियाशील सामाजिक अभियन्ता किरण बुढाथोकीले बताएका छन् ।
    एनआरएनए माल्टाले सदस्यता खुला गरेपछि हामीहरु खुसी भएका थियौ । सदस्यता भर्न पाउनु हाम्रो अधिकार हो भनेर स्वतन्त्ररुपमा कसैपक्ष संग नजोडिएर सदस्यता भरी रहेका थियौ । एनआरएनए माल्टाले एक्कासी विज्ञप्ति निकालेर स्थगित भएको जानकारी गराएपछि आफु लगायतका साथीहरु आफ्नो काममा व्यस्त रहेको बुढाथोकी बताउछन् । उनले भने,“ एकातिर एनआरएनएले स्थगित भएको विज्ञप्ति निकाल्ने, अर्कोतिर सदस्यता भर्ने काम जारी राख्ने कार्यशैलीको भत्सर्ना गर्दै कडा विरोध गर्दछु ।”
    संस्थाका अध्यक्ष रेमलाल खनालले निकालेको विज्ञप्तिमा संस्थाकै उपाध्यक्ष सत्यनारायण झाले संस्थामा औपचारिक छलफल बिना कसरी विज्ञप्ति सार्वजनिक गरियो भनेर सामाजिक संजालमा अध्यक्ष खनाललाई प्रश्नगर्दै विरोध समेत गरेको देखियो । यसबाट के बुझिन्छ भने संस्था विधी र प्रक्रिया अनुसार चलेको छैन भन्ने सबैलाई थाहा भयो । एनआरएनएमा रहेका व्यक्तिको आन्तरिक विवादका कारण पवित्र संस्था र हामीजस्ता स्वतन्त्र व्यक्तिलाई असर पार्ने काम कसैले गर्न नुहने एनआरएनए माल्टाका सल्लाहकार दिनेश कार्कीले बताए । कार्यन्वयन नै नहुने गरी विज्ञप्ति निकाल्नु भन्दा संस्था भित्रको आन्तरिक समस्या समाधान गर्न तिर लागेको भए संस्थाको हितका लागि राम्रो हुने एनआरएनए माल्टाकी सल्लाहकार सबिता भण्डारीले बताईन् ।
    अध्यक्ष खनालले जारी गरेको दर्ता प्रक्रिया स्थगित हुनुमा केन्द्रले एमआईएस प्रणालीको अधिकार दुरुपयोग गरेको खनालले आरोप लगाएका छन् । खनालका अनुसार एमआईएस प्रणालीमा सदस्य दर्ताको लागि अनुमोदन गर्ने अधिकार एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनाल, कोषाध्यक्ष निरज श्रेष्ठ र उपाध्यक्ष सत्यनारायण झा गरी तीन जनालाई दिइएको थियो । एमआईएस प्रक्रियाको सुपरभिजन गर्ने टोलीमा उपाध्यक्ष प्रकाश थापा र वरिष्ठ उपाध्यक्ष मधु गुरुङलाई एनआरएनए माल्टाले जिम्मा दिएको थियो । सुपरभिजन टोलीले सही तरिकाले सदस्यता स्वीकृत नभएको पाएपछि तत्काल रोक्नका लागि पहल भएको खनाले बताए ।
    एनआरएनए युरोप क्षेत्रीय संयोजक डाक्टर चिरनजिवी खड्काले एनआरएनए माल्टाको हितको लागि सबैले सकारात्मक भुमिका खेल्नुपर्ने बताए । एनआरएनए माल्टामा अहिले सदस्यता खुला भइरहेको छ । सदस्यता अनुमोदन र सदस्यता दर्ता प्रक्रियाको सुपरभिजनको लागि जिम्मेवारी बाँडफाँड गर्ने अधिकार पनि विधान बमोजिम केन्द्रलाई भएको उनले बताए । माल्टाका सन्दर्भमा यतिबेला सदस्यता धेरैले भरेको र अनुमोदन नगरी लामो समय देखि पेन्डिङमा धेरै सदस्यताको संख्या रहेकोले छिटो छरितो सेवा प्रदान गर्नको लागि केन्द्रले नै एनआरएनए माल्टाका सचिव भुवन झालाई थपगरी सदस्यता अनुमोदन गर्ने जिम्मेवारी दिएको बताए । माल्टामा महासचिव भएको भए उहाँलाई जिम्मेवारी दिइने थियो । तर महासचिव एकवर्ष भन्दापनि बढी देखि माल्टामा नभएकाले सचिव झालाई नियमानुसारनै केन्द्रले जिम्मेवारी दिएकोले यस विषयलाई कसैले पनि फरक तरिकाले सोच्न नहुने उनले बताए ।
    विधान बमोजिम सुपरभिजन गर्ने व्यक्तिपनि केन्द्रले नै तोक्ने प्रावधन छ । तर माल्टाले निर्णय गरेर दुईजनाको नाम पठाएको थियो । संस्थाको हितको लागि लागि गरिएको कामलाई फरक ढंगले नबुझी केन्द्रले काम अगाडी बढाएको उनी बताउँछन् । हामी सबैले सकारात्मक सोच राख्दै आन्तरिक समस्या भए समन्वय गरेर संस्थागत रुपमै छलफल गरी समस्याको हल खोज्नु राम्रो हुने खड्काले बताए । विधान बमोजिम सदस्यता लिन मिल्ने हुँदा माल्टाबासी नेपालीलाई आफ्नो अधिकारकार सदुपयोग गर्न आग्रह गर्दै संस्थामा कुनैपनि समस्या उत्पन्न भए आपसी छलफल र समन्वयको भूमिकाबाट समाधान खोज्न सक्ने बानीको हामी सबैले विकास गर्नु पर्ने डाक्टर खड्काले माल्टा नेपाल अनलाइनलाई बताए ।
    एनआरएनए माल्टाका सल्लाहकार लोकराज पौड्यालले संस्थामा देखिएको आन्तरिक समस्याको बारेमा कार्यसमिति भित्र गहन रुपमा छलफल गरेर समस्याको समाधान खोज्न समन्वयकारी भूमिका नखेलेकै कारण यतिबेला समस्या उत्पन्न भएको बताएका छन् । कार्यसमिति भित्र कुनैपनि समस्या देखिएमा सल्लाहकारको सल्लाह पनि लीन सकिन्थ्यो । संस्थाको हितको लागि कसरी अगाडी बढ्ने भन्ने विषयमा साझा धारणा बनाई सहज तरिकाले समस्याको समाधान खोज्न सकिने अर्का सल्लाहकार राजु अर्यालले बताए । सल्लाहकार रोशन गिरीले केन्द्रले गरेको निर्णय गलत भएको बताएका छन् । एनआरएनए माल्टाका एकजना सल्लाहकारले केन्दकै कारण समस्या उत्पन्न भएको बताए ।
    एनआरएनए माल्टाका कार्यसमितिका पदाधिकारीलाई माल्टा नेपाल अनलाइनले फोन सम्पर्क गरी संस्थामा देखिएको विवाद के हो ? भनेर सोधिएको प्रश्नमा एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले एनआरएनए माल्टामा आन्तरिक रुपमा देखिएको समस्या आपसमै सुल्झाउन नसक्नु दुखद भएको बताए । अर्का उपाध्यक्ष प्रेम लिम्बुले संस्थाभित्र राजनीति प्रतिशोधका कारण समस्या उत्पन्न भएको भन्दै केन्द्रलाइ दोष दिनु भन्दा आफू सुधारिनु पर्ने बताए । कोषाध्यक्ष निरज श्रेष्ठले केन्द्रकै कारण समस्या आएको भन्दै एकलौटी निर्णय स्वीकार गर्न नसकिने बताए । एनआरएनएका युवा उपाध्यक्ष विजय परियारले केन्द्रले थप व्यक्ति चयन गर्ने काम पनि गलत भएको र कार्यसमिति भित्र छलफलै नगरी विज्ञेप्ति निकाल्ने कामपनि गलत भएको बताए । एनआरएनए क्षेत्रीय सचिव भुवन अर्यालले एनआरएनए माल्टालाई मजबुत बनाउन सबै एक भएर लाग्न अनुरोध गर्दै संस्थामा देखिएका समस्या समाधानमा आपसी छलफल र समन्वयकारी भूमिका सबैले खेल्नु पर्नेमा जोड दिएका छन् ।

    Advertisement

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.