काठमाडौं/सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो । ८८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्यो, एउटाको स्थिर रह्यो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे । बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर छन् ।
Advertisement




