• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनमा कालिकाको बेरुजु सबैभन्दा कम, अरुको कति ?


  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • चितवन/चितवनका ७ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजु कालिका नगरपालिकाको रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका ७ पालिकामा सबैभन्दा कम अद्यावधिक बेरुजु कालिकाको देखिएको हो ।

    Advertisement

    सो नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ सम्मको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ ।

    नगरपालिकाको गत आर्थिक वर्ष १ अर्ब ७७ करोड ८६ लाखको लेखापरीक्षण गर्दा ०.८३ प्रतिशत बेरुजु देखिएको हो ।

    नगरपालिकाको गत वर्षको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ देखिएको छ । अघिल्लो वर्ष सो पालिकाले १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फर्स्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।

    कालिकाको आर्थिक वर्ष २०७९/८० मा एक करोड ३४ लाख फर्स्यौट भएको थियो । आर्थिक वर्ष २०७४/०७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ रहेको बेरुजुलाई घटाउने काम तीव्र पारिएको नगरप्रमुख विनोद रेग्मीले बताए ।

    आर्थिक वर्ष २०७७/०७८ मा कालिकाको बेरुजु १६ करोड १२ लाख ९१ हजार रुपैयाँ थियो । आव २०७८/०७९ मा एकै वर्ष बेरुजु १० करोड ८३ लाख ५८ हजार रुपैयाँ फर्स्यौट गरिएको थियो ।

    नगरप्रमुख रेग्मीले नगरपालिकाकाले आगामी दिनमा हरेक आर्थिक वर्षको बेरुजुलाई शून्य बनाउने र बाँकी बेरुजुलाई घटाउँदै लैजाने नीति अनुरुप काम गरिएको बताए ।

    नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषिप्रसाद कडुवालले बेरुजुलाई घटाउन प्राथमिकताका साथ नीति कानुनहरुको परिपालना गरेर अगाडि बढेको बताए ।

    जिल्लाको एक मात्रै महानगरपालिका भरतपुरको एक अर्ब ३ करोड ५३ लाख ८ हजार बेरुजु रहेको छ ।

    महानगरको अघिल्लो वर्ष ०.०१ प्रतिशत बेरुजु रहेको भए पनि गत आर्थिक वर्षमा भने ०.९ प्रतिशत बेरुजु रहेको देखिएको थियो । आर्थिक वर्ष २०७९/८० मा जम्मा ५ लाख १५ हजार रुपैयाँमात्रै महानगरको बेरुजु थपिएको थियो ।

    ९३ करोड ५० लाख आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० सम्मको बेरुजु हो । गत आर्थिक वर्ष मात्रै बेरुजु १० करोड २ लाख ७९ हजार ४४२ बेरुजु थपिएको छ । महानगरको गत वर्ष २०८०/०८१ मा एक रुपैयाँ पनि बेरुजु फर्स्यौट भएको देखिएको छैन ।

    रत्ननगरले घटायो एकै वर्ष ६ करोड ६४ लाख बेरुजु

    जिल्लाको रत्ननगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड ६४ लाख बेरुजु फर्स्यौट गर्न सफल भएको छ ।

    नगरपालिकाको गत आर्थिक वर्ष २ अर्ब ९४ करोडको लेखा परीक्षण गर्दा ०.१७ प्रतिशत अर्थात ४८ लाख ५६ हजार बेरुजु देखिएको थियो । आर्थिक वर्ष २०७९/०८० सम्म १६ करोड १८ लाख बेरुजु रहेको रत्ननगरमा गत बर्ष थपिएकोसहित अब १० करोड २ लाख मात्रै बेरुजु बाँकी छ ।

    राप्तीमा थपियो झन्डै दोब्बर बेरुजु

    जिल्लाको सबैभन्दा भद्रगोल नगरपालिकाका रुपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिकामा गत वर्ष मात्रै १६ करोड करोड ७३ लाख ७७ हजार ८०८ रुपैयाँ बेरुजु थपिएको छ ।

    २०७९/०८० सम्म १९ करोड ९४ लाख बेरुजु रहेको राप्तीमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १६ करोड ७३ लाख ७७ हजार बेरुजु थपिएर ३६ करोड ३ लाख ७१ हजार पुगेको ।

    गत वर्ष सो पालिकाले एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गरेको छैन । २ अर्ब ९ करोड ७७ लाख ५६ हजारको लेखा परीक्षण गर्दा ७.९८ प्रतिशत बेरुजु गत वर्ष सो पालिकाको देखिएको थियो ।

    खैरहनी, माडी र इच्छाकामना १० करोड माथि बेरुजु

    चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख ३ हजार ३२१ रुपैयाँ छ । यो नगरपालिकामा गत वर्षको मात्रै बेरुजु १ करोड १६ लाख ६० हजार ७६४ बेरुजु थपिएको छ ।

    गत आर्थिक वर्षमा १६ लाख ५० हजार मात्रै बेरुजु फर्स्यौट गरेको पालिकामा आ.ब. २०७९/०८० सम्म ११ करोड ९४ लाख ९२ हजार बेरुजु रहेको थियो ।

    माडी नगरपालिकामा गत आर्थिक वर्षमा २ करोड १४ लाख ५८ हजार ९८६ रुपैयाँ बेरुजु थपिएर कुल बेरुजु ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ छ । सो पालिकाले गत वर्ष एक रुपैयाँ पनि बेरुजु फर्स्यौट गर्न सकेन ।

    इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु ११ करोड भन्दा माथि रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म १० करोड ८० लाख ६४ हजार बेरुज रहेको पालिकामा गत आर्थिक वर्ष २०८०/०८१ करोड ३१ लाख १२ हजार रुपैयाँ बेरुजु थपिएको छ । सो पालिकाले अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा बेरुजु फर्स्यौट गरेको छैन ।

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.