चितवन/चितवनको भरतपुरमा भएको २ दिने पत्रकार महिला भेलाले १२ बुँदे घोषणापत्र जारी गरी समापन गरेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजनामा भएको २ दिने पत्रकार महिला भेलाले बिभिन्न १२ बुँदे घोषणापत्र जारी गरी सम्पन्न गरेको हो । पहिलो दिन महिला पत्रकाहरुको अवस्था, चुनौती र अवसरको बारेमा चर्चा गर्दे शुरु भएको भेलामा शनिबार दोस्रो दिनमा चितवन घोषणा पत्र जारी गरेको थियो । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले महिला पत्रकारहरुलाई अवसर संगसंगै चुनौतीहरु पनि धेरै भएको बताएका छन् ।
अझै पनि पत्रकार महिलालाई सहज रुपमा काम गर्ने वातावरण नभएको उनिहरुले बताएका थिए । कार्यलयमा महिला पुरुषमा हुने भेदभाव, हिंसा, बिभिन्न किसिमका घटना, पारिश्रमीक, बैवाहिक जिवन, बैदेशिक रोजगारी र समय अभाव लगायतका कारण पत्रकार महिलालाई टिकाई राख्न ठुलो चुनौती भईरहेको बक्ताहरुले बताएको थिए ।

नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका महिला उपाध्यक्ष बिमला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय बरिष्ठ उपाध्यक्ष दिपक आचार्यको प्रमुख अतिथ्यता रहेको थियो । भेलाको दोस्रो दिन नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई बिभिन्न चुनौतीहरु भए पनि अवसर पनि भएको बताउनु भयो । उहाँले बिगतका दिनमा आफुले गर्दे आईरहेको कामहरुको बारेमा बताउदै पत्रकारिता क्षेत्रमा धेरै अवसर पनि भएको अनुभव सुनाउनु भयो । कार्यक्रमा नेपाल पत्रकार महासंघ बाग्मत प्रदेशका अध्यक्ष कृष्ण सारु मगर सहित कार्यसमिति सदस्यहरु तथा बिभिन्न जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।




