• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘९५ प्रतिशत मानिसलाई दाँतमा ब्रस गर्ने तरिका नै थाहा छैन’: ज्योति मधु, दन्त चिकित्सक


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं- नेपालमा विगतको भन्दा मुख अथवा दाँतको स्वास्थ्यबारे सचेतना वृृद्धि भएको छ । तर आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति राम्रो सुधार आएको छैन । अहिले पनि धेरै मानिसहरु मुख सम्बन्धी रोगका बारेमा अपरिचित नै छन् । त्यसैले पनि एकदमै राम्रो भएको छ भनेर भन्न सकिँदैन । मुख वा दाँतको स्वास्थ्य प्राथमिकतामा नपुर्नको कारण भनेको जनचेतनाको कमी नै हो । त्यसबाहेक दाँतको उपचार अलि महँगो नै छ । सरकारी अस्पतालमा डेन्टल सर्जनहरु उपलब्ध नै छैनन् । सरकारले फन्डिङ नै गर्न सकेको छैन ।

    Advertisement

    धेरैलाई थाहा नहुनसक्छ शरीरको अन्य समस्याका कारण मुखमा समस्या आउन सक्छ । साधारणतया खानपानमा ख्याल नराख्दा पनि मुखको समस्याहरु देखिने गर्छ । हिजोआज चाँहि धेरैजसो समस्या हाइजिन मेनटेन गरेपनि धेरैजसोले ब्रस गर्नुहुन्छ । तर ९५ प्रतिशत मानिसहरुलाई कसरी ब्रस गर्ने, टाइमिङ कसरी मिलाउने, ब्रस मात्र गरेर पुग्छ कि अरु पनि केही गर्नुपर्ने हो भनेर थाहा नै छैन । जसका कारण ब्रस गरिरहनुभएको छ, सफा गरिरहनु भएको छ तर दाँत सफा भइरहेको हुँदैन ।

    मुख स्वास्थ्यमा धेरै किसिमका रोगहरु देखा पर्छन् । गिजा सम्बन्धी रोग देखिन्छ । गिजा सम्बन्धी रोगमा गिजाबाट रगत आउने, सास गनाउने, गिजा तल सर्दै जाने, गिजा पाक्ने समस्या देखिन्छ । त्यसैगरी दाँतको रोगमा दाँतमा किरा लाग्ने, दुख्ने वा सुनिने, चुरोटरक्सी खाएपछि क्यान्सरहरु हुने जस्ता समस्याहरु देखिन्छन् । सास गनाउने मुख्य कारण भनेको नै फोहोर भएर हो । हामीले निरन्तर दाँत सफा गरेतापनि उचित तरिकाले सफा नगरेका कारण मुखमा फोहोर बसिराखेको हुन्छ । त्यही बसिराखेको फोहोरको कारणले नै सास गनाउने समस्या देखिन्छ । त्यसैगरी अर्को समस्या पनि हुनेगर्छ, त्यो भनेको पेटको समस्या हो ।

    पेटको समस्याले पनि सास गनाउने समस्या हुन्छ । त्यसमध्ये मुख्य कारण भनेको दाँत र गिजा फोहोर हुनु हो । यस्तो समस्याले अन्य रोगहरुलाई पनि असर गर्छ । शरीरमा अन्य समस्याहरु निम्त्याउन ९० प्रतिशत ब्याक्टेरिया मुखबाट नै उत्पन्न हुनसक्छ । जसका कारण मुटु सम्बन्धी वा मधुमेहका समस्याहरु आउने गर्छन् । धेरैजसो किटाणु हाम्रो मुखमा नै हुन्छ । मुखको स्वास्थ्यलाई सन्तुलन गरिएन भने शरीरमा फैलिदैँ जान्छ ।

    दाँत सफा गर्दा सबैभन्दा पहिला ब्रसको कुरा आउँछ । टुथपेस्ट भन्दापनि हामीले ब्रस कस्तो छनोट गर्ने भन्ने कुरा आउँछ । त्यसपछि मात्र पेस्ट कस्तो प्रयोग गर्ने भन्ने कुरा आउँछ । कति पटक ब्रस गर्ने, ब्रस मात्र गर्ने कि अन्य सामान पनि प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

    ब्रस खरिद गर्दा सफ्ट र मिडियम लिनुपर्छ । हार्ड खालको प्रयोग गर्नु हुँदैन् । हार्ड ब्रस प्रयोग गर्ने हो भने दाँत खिइने, गिजा तल सर्ने समस्या आउँछ । केही खाँदा सिरिङ् हुने खालको समस्या आउँछ । ब्रस गर्ने तरिका भनेको जहिले पनि एउटा पार्टबाट राउन्ड मोसनमा अर्को पार्टसम्म जानुपर्छ । दुई मिनेटभन्दा बढि ब्रस गर्नु हुँदैन् । बढी ब्रस गर्दा दाँत खिइन सक्छ ।

    पेस्टको जहिले पनि फ्लोराइड भएको पेस्ट प्रयोग गर्नुपर्छ । फ्लोराइडले दाँतको माथिल्लो पार्टमा सुरक्षात्मक लेयर बनाउँछ । त्यसो हुँदा खाना खाँदा बन्ने एसिडले दाँतमा प्रभाव पार्न सक्दैँन् र दाँत किरा लाग्नबाट बच्छ । ब्रस साथै डेन्टल फ्लोस पनि प्रयोग गर्दा राम्रो हुन्छ । यसले दुईवटा दाँतको बीचमा खाना फस्यो र ब्रस गर्दा पनि गएन भने त्यसलाई सफा गर्नका लागि फ्लोस दैनिक प्रयोग गर्नु राम्रो हुन्छ ।
    फ्लोस र इन्टरडेन्टल क्लिनर ब्रस पनि हुन्छ । दाँत मज्जाले टाँसिएको छ भने फ्लोस प्रयोग गर्न मिल्छ । कसैको दाँतको बीचमा ग्याप छ भने त्यस्तो मान्छेले इन्टरडेन्टल क्लिनर ब्रस प्रयोग गर्नुपर्छ । त्यसलाई दैनिक प्रयोग गर्न सकिन्छ ।

    बच्चाहरुलाई गुलियोबाट टाँढा गर्न सक्दैनौ । अब गुलियो खानेकुराका बारेमा कुरा गर्दा बच्चाहरुलाई के सिकाउन पर्यो भने केही कुरा खाइसकेपछि कुल्ला गर्नुपर्छ भन्ने सिकाउनुपर्छ । गुलियो खाने बित्तिकै निरन्तर कुल्ला गर्यो भने मुखमा भएका गुलियो कुराहरु निस्किन्छ । दाँतमा किरा लाग्ने भनेको गुलिया खानेकुराले नै हो । दाँतमा टाँसिने किसिमका गुलियो खानेकुरा घातक हुन्छन् । बच्चाहरुको दाँत साना साना हुने भएकाले छिटो असर पुर्याउँछ ।

    बच्चाहरुको अर्को समस्या भनेको ठूलो दाँत आउनु पनि हो । स्पेश नपुगेको कारण दाँत बाङ्गो पनि आउनसक्छ । अर्को कुरा समय भन्दा पहिला नै दाँत निकालिदियो भने दाँतहरु ढल्केर आउने हुन्छ । जुन दाँत आफ्नो ठाँउमा आउने हो त्यो ठाँउमा आउँदैन । अनि अर्को ठाँउमा आउँदा बाङ्गोटिंङ्गो आउँछ । बाँचुन्जेललाई चाहीं भन्न सकिदैन । किनभने उमेर बढ्दै गएपछि दाँतको हड्डिले सर्पोट गरेको ह्ुन्छ त्यसले पनि साथ छोड्छ । त्यसलाई बचाउनका लागि गिजामा चाँहि ध्यान दिन आवश्यक छ । बर्षमा दुई पटक हामीले दाँत सफा गराउने गर्नुपर्छ । ब्रस राम्रोगरि गर्ने र खानपानमा ध्यान दिने गर्नुपर्छ ।

    विदेशको तुलनामा नेपालको स्वास्थ्य उपचार सेवा सस्तो छ । नीजि क्षेत्रमा हेर्दा सबै एड्भान्स टेक्नोलोजी नै छ । तर सरकारी क्षेत्रमा पर्याप्त छैन् । डाक्टरहरु पनि धेरै छैनन् । मुखको स्वास्थ्यका बारेमा सरकार नै गम्भीर छैन् । सरकारले बजेट नै छुट्टयाएको हुँदैन् । प्राथमिकता नदिएको हो की बजेट नै नपुगेको हो थाहा छैन् । नेपालमा गिजा सम्बन्धि रोग ९९.९ प्रतिशत मानिसमा नै छ । हामी सबैजना गिजाको समस्याबाट जुधिरहेका छांै । समस्या थाहा नपाएको मात्र हो । सुरुको लक्षणहरु भनेको गिजाबाट रगत आउनु हो । दाँत पहेंलो भएको, फोहोर जमेको, कालो दाग बसेको, गिजा सुन्निएको जस्तो देखिन्छ । सास गनाउँने सुरुको लक्षण हो ।

    नेपालीहरु पहिलाको तुलनामा अहिले धेरै सजक छन् । तर जति हुनुपर्ने हो त्यति अहिले पनि सचेत छैनन् । मुखबाट नै धेरै रोगहरुको सुरुवात हुन्छ । त्यसकारण मुखको स्वास्थ्यलाई त्यतिकै नजरअन्दाज गर्न हुँदैन । वर्षको दुई पटक दाँत सफा गर्ने र चेकअप गराउनु पर्छ ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.