• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

गिटहबमा बेतुकको प्रोजेक्ट बनाउँदा यसरी भाइरल भए नेपाली डेभलपर- आशिष पोखरेल


  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ/प्रविधिको दुनियाँ, त्यसमा पनि प्रोग्रामिङ क्षेत्र प्रायः जटिल कोड, एल्गोरिदम र विशेष किसिमको आविष्कारले भरिएको हुन्छ । यहाँ हरेक क्षण केही न केही नयाँ घटना सतहमा आइरहेका हुन्छन् । तर कहिलेकाहीँ यही दुनियाँभित्र यस्ता रमाइला संयोग जन्मन्छन्, जसले इन्टरनेटभर तहल्हा मच्चाइदिन्छ । यस्तै एक अविस्मरणीय घटनाको केन्द्रमा छन् एक नेपाली सफ्टवेयर डेभलपर- आशिष पोखरेल ।

    Advertisement

    पोखरेलको एउटा सामान्य ठट्टाले उनलाई विश्वव्यापी चर्चामा मात्र नभई प्रविधि इतिहासको एक महत्त्वपूर्ण क्षणसँग पनि जोडेको छ । यस घटनाको सुरुवात गिटहब (GitHub) बाट हुन्छ । गिटहब क्लाउडमा आधारित भर्सन कन्ट्रोल प्लेटफर्म हो, जसले डेभलपरलाई आफ्नो कोड सुरक्षित राख्न, सहकार्य गर्न र प्रोजेक्ट व्यवस्थित गर्न मद्दत गर्छ ।

    यही प्लेटफर्ममा आशिष पोखरेलले ‘शिट’ नामको एउटा रिपोजिटरी बनाए । अङ्ग्रेजीमा यस शब्दको अर्थ सन्दर्भ अनुसार फरक-फरक लाग्छ । नेपालीमा हत्तेरिका भनेको जस्तो प्रायः सन्दर्भमा ‘शिट’को प्रयोग हुन्छ । तर, यसलाई कुन अर्थमा पोखरेलले राखेका हुन् भन्ने स्पष्ट छैन ।

    यो नाम आफैँमा एउटा व्यङ्ग्य थियो, जसले सफ्टवेयर विकासको क्रममा बनाइने कैयौं उद्देश्यहीन प्रोजेक्टलाई सङ्केत गर्थ्यो । यो एक सरल र आफैँलाई व्यङ्ग्य गरिएको रिपोजिटरी डेभलपर कम्युनिटीमाझ निकै सान्दर्भिक ठट्टा थियो ।

    तर कसलाई के थाहा थियो र यो सामान्य ठट्टाले एउटा ऐतिहासिक मोड लिँदैछ भनेर ! संयोग यस्तो पर्‍यो कि आशिषले बनाएको यही ‘shit’ रिपोजिटरी गिटहबमा सिर्जना भएको एक अर्बौं प्रोजेक्ट बन्न पुग्यो ।

    यो थाहा पाएपछि गिटहबका एक वरिष्ठ इन्जिनियर जोन रोहनले त्यो रिपोजिटरीको ‘Issues’ सेक्सनमा पुगे र रमाइलो पारामा बधाई दिए । उनले प्रमाणसहित यो एक अर्बौं रिपोजिटरी भएको पुष्टि गरे र अन्त्यमा लेखे, “तपाईंले केही उत्कृष्ट 💩 बनाउने मौका पाउनुहुनेछ भन्ने हामी आशा गर्छौं ! तपाईंको दिन शुभ रहोस् ।”

    प्रायः औपचारिकताले भरिएको डेभलपर प्लेटफर्म गिटहबमा अनौपचारिक, तर रमाइलो क्षण देखिएपछि यसले व्यापक चर्चा पायो । झन् त्यसैमा गिटहबकै सफ्टवेयर इन्जिनियरले पुष्टि गरेपछि थप बहसको विषय बन्यो । यो घटना इन्टरनेटमा आँधीझैँ फैलियो ।

    ह्याकर न्युज, रेडिट र एक्स जस्ता प्लेटफर्ममा यो समाचारले प्रमुख स्थान पायो । अधिकांशले यसलाई प्रविधिको संसारमा हुने दुर्लभ र रमाइलो संयोगको रूपमा लिए । ठुला प्रविधि कम्पनी पनि आफ्नो कम्युनिटीसँग रमाइलो गर्न सक्छन्, अनि नियम र औपचारिकताभन्दा माथि उठेर प्रयोगकर्तासँग सम्बन्ध बनाउन सक्छन् भन्ने यस घटनाले देखाएको छ ।

    एक नेपाली डेभलपर यस्तो विश्वव्यापी घटनाको केन्द्रमा हुनुले नेपाली प्रविधि समुदायमा पनि चर्चाको लहर ल्यायो । प्रविधिमा रुचि राख्नेहरूको समूह ‘आस्क बडिज’मा पनि यसको चर्चा भएको छ । यसैलाई लक्षित गर्दै नेपाली प्रोग्रामिङ प्लेटफर्म प्रोग्रामिजका संस्थापक तथा सीईओ पुनित जाजोदियाले रमाइलो गर्दै प्रोग्रामिज प्रोको लाइफ टाइम एक्सेस निःशुल्क दिने घोषणा गरे । उनले लिङ्क्डइनमा लेखेका छन्, “म आशिष पोखरेल ब्रोलाई प्रोग्रामिज प्रोको लाइफटाइम फ्री एक्सेस दिन चाहन्छु, ताकि उनले आफ्नो काम सुधार्न सकून् ।” उनले विश्वका सबै आशिष पोखरेल नाम गरेका व्यक्तिलाई यो अफर दिने घोषणा पनि गरेका छन् ।

    यस घटनाले प्रशंसासँगै आलोचनाको पनि सामना गरेको छ । केहीले गिटहबजस्तो प्रतिष्ठित प्लेटफर्मको यति ठुलो माइलस्टोन एउटा ‘अशिष्ट’ नाम भएको प्रोजेक्टसँग जोडिनुलाई व्यावसायिकताको कमीको रूपमा व्याख्या गरे । यसले गिटहबमा ‘शिटपोस्टिङ’ (shitposting) अर्थात् काम नलाग्ने प्रोजेक्ट बनाउने प्रवृत्तिलाई बढावा दिन सक्ने केहीको तर्क छ । केहीले त यस्तो ऐतिहासिक स्थान एउटा गम्भीर र उपयोगी ओपन-सोर्स प्रोजेक्टले पाउनुपर्थ्यो भन्ने विचार पनि राखेका छन् ।

    शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.