• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बालश्रम अन्त्यको माग गर्दै बालबालिकाले सांसदहरूलाई पठाए सन्देश


  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
  • काठमाडौं/बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा नेपालका विभिन्न जिल्लामा रहेका बालबालिकाहरूले सांसदहरूलाई मोबाइल म्यासेजमार्फत बालश्रम अन्त्यका लागि संसदमा आवाज उठाउन आग्रह गरेका छन। बालश्रमसम्बन्धी ऐन २०५६ को परिमार्जन, बजेटमा बाल संरक्षण र सहभागिता सुनिश्चित गर्ने विषयमा ध्यान दिन आग्रह गर्दै उनीहरूले विभिन्न दल सम्बद्ध सांसदहरूलाई व्यक्तिगत रूपमा सन्देश पठाएका थिए। तीमध्ये सांसद प्रदीप पौडेल, विद्या भट्टराई, चन्द्र भण्डारी, रमा कोईराला, तोसिमा कार्की, सुमना श्रेष्ठ, प्रेम आले मगर लगायतलाई बालबालिकाहरूको सन्देश पठाएका हुन ।  टोखा नगरपालिका–४, काठमाडौंकी १३ वर्षीया रोजिना तामाङले पठाएको सन्देशमा भनिएको छः “माननीयज्यू, नमस्कार। आज बालश्रम विरुद्धको विश्व दिवस (१२ जुन) को शुभकामना व्यक्त गर्दै म जस्ता लाखौं बालश्रममा रहेका बालबालिकाको अधिकार संरक्षणको लागि बालश्रम सम्बन्धी २०५६ को पुरानो कानुन परिमार्जन, बजेट व्यवस्थापन, बाल सहभागीताको लागि संसदमा आवाज उठाईदिनु हुन अनुरोध गर्दछु।” — रोजिना तामाङ, बिहान ७ः१३, टोखा नगरपालिका–०४, काठमाडौं बालबालिकाहरूले यसरी स्वतःस्फूर्त रूपमा आवाज उठाएको खबर पाएपछि सांसद रमा कोईरालाले आफ्नो प्रतिक्रिया दिंदै बालबालिकाको आवाजलाई संसद्मा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयोः “आज बिहानदेखि धादिङ, काठमाडौं, ललितपुरलगायत जिल्लाबाट मेरा मोबाइलमा बालबालिकाहरूले बालश्रमविरुद्धको दिवस सम्झाउँदै सन्देश पठाए। म ती साना बालबालिका, भाइबहिनीहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्छु।” “मैले स्वयं पनि सन २०५६ मा बालश्रम निषेध तथा नियमनसम्बन्धी ऐन निर्माणको क्रममा सक्रिय भूमिका खेलेको थिएँ। आज बालबालिकाहरूले आफ्नै आवाजमा म्यासेज पठाएर आग्रह गर्नु अत्यन्त प्रेरणादायी अनुभव रह्यो। म संसद्मा विशेष समय लिएर भए पनि बालबालिकाहरूको कुरा प्रमुखताका साथ उठाउनेछु।” उहाँका अनुसार अहिले संसद्मा बालबालिकासम्बन्धी ऐन संशोधन विधेयकमाथि छलफल भइरहेको छ, जसमा उहाँले बालश्रम, बजेट र बाल सहभागिताको विषयलाई गम्भीरताका साथ प्रस्तुत गर्ने बताउनुभयो। “यो त मेरो नियमित जिम्मेवारी हो,” सांसद कोईरालाले थप भन्नुभयो, “तर आज बालबालिकाबाट सिधा सन्देश पाउँदा थप ऊर्जा र प्रेरणा मिलेको छ। संसद्मा उनीहरूको नाम उच्चारण गर्दै म उनीहरूको आवाज बुलन्द पार्नेछु।” उहाँको प्रत्यक्ष जवाफ पाएका बालबालिकाहरू हर्षित देखिएका छन। रोजिनालाई पठाइएको सांसद रमा कोईरालाको जवाफमा लेखिएको थियोः “नानु, म बालश्रमविरुद्धको विश्व दिवसको शुभकामना व्यक्त गर्दछु। २०५६ को ऐन बनाउँदा म पनि सक्रिय रूपमा लागेकी थिएँ, मलाई थाहा छ अब यसको परिवर्तन आवश्यक छ। तिमीले दिनु भएको सुझाव मननीय छ, म संसदमा यी कुराहरू अवश्य उठाउने छु। धेरै धेरै धन्यवाद।” यसरी, बालश्रमको अन्त्य र बालबालिकाको आवाज संसदसम्म पुर्‍याउने प्रयासको यो उदाहरणले बालअधिकारको संरक्षणमा नागरिक चेतनाको सशक्त भूमिका देखाएको छ।
    बालिकाले रोजिना तामाङले पठाउनुभेको सन्देश र सांसद रमा कोईरालाले दिनुभएको प्रतिक्रियाको स्क्रिन सट फोटो :

    Advertisement

    बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.