कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्न भने एसईईमा जीपीए १.६ सँगै अंग्रेजी, विज्ञान र गणितमा ‘सी प्लस’ पनि ल्याउनै पर्दछ ।विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्यांकन र अक्षराङ्कन पद्धतिका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाको अध्यक्षतामा समिति गठन भएको केन्द्रका महानिर्देशक दाहालले बताए ।

Advertisement