• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको छ : अग्रवाल


  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
  • काठमाण्डौं/ नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड १९ पस्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताएका छन्। नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड १९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उनले सो कुरा बताएका हुन । वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुती दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताए । उनले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गरे ।

    Advertisement

    निजी क्षेत्र साथै अनौपचारिक अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको भएको कुरा राख्दै उनले बजेटबाट निराश बनेको निजी क्षेत्र मौद्रिक नितीबाट उत्साहित बनेको तर राहत वितरणमा ढिलाई भएको भन्दै कटाक्ष समेत गरे । उनले आर्थिक पुनरुत्थानका मोडल बारे चर्चा गर्दै सरकारले निजी क्षेत्रलाई त्राण दिन चुक्न नहुने राय पेश गरे ।

    कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष अग्रवालले ई कमर्श प्लेटफर्मको उपयोगिता, बिमा क्षेत्रको महत्व, कृषि क्षेत्रको सम्भावना, महिला उद्यमीलाई राज्यबाट प्राप्त हुन सक्ने सुविधा बारे भए गरेको प्रतिबद्धता र सेवा प्रवाह बारे वर्णन गर्दै विकसित परिस्थितीलाई मध्यनजर गर्दै दृढतापुर्वक अघि बढनुपर्ने जिकिर गरे ।

    कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताउदै बिना धितो पाँच लाखसम्म र व्यक्तीगत वा सामूहिकरुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने सुविधा उपयोग कसरी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको उल्लेख गरिन । साथै, उनले महिला उद्यमीहरुले भोगेका समस्यालाई हल गर्न नेपाल चेम्बरको साथमा महिला उद्यमीहरु आपसी समन्वयका आधारमा अघी बढनुपर्ने बताईन । यस अघि उनले कार्यक्रका प्रमुख वक्ता चेम्बर उपाध्यक्ष अग्रवालको व्यक्तित्व र योगदान बारे प्रकाश पार्ने क्रममा उनमा आर्थिक क्षेत्रको बिषयगत ज्ञान प्रबल रहेको उल्लेख गर्दै प्रस्तुती निकै फलदायी हुने विश्वास व्यक्त गरेकी थिईन् ।

    त्यसैगरि नेपाल महिला चेम्बरकी पूर्व अध्यक्ष समेत रहेकी इजरायलका लागि नेपाली राजदुत डा. अन्जन शाक्यले ईजरायलमा कोभिड १९ ले पारेको प्रभाव र नेपाल एवम् इजरायल बीचका विविध आयाम बारे प्रकाश पार्दै नेपालमा लगानी भित्र्याउन कानुन बाधक रहेको औंल्याइन ।

    कार्यक्रमलाई सहजीकरण समेत गरेकी नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले स्वागत मन्तब्य व्यक्त गर्दै कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको असर, चुनौती र अनुभव आदान प्रदान कार्यक्रमले महिला उद्यमशीलताको क्षेत्रमा देखिएको समस्या समाधान गर्न धेरै हद सघाउ पुग्ने धारणा राखेकी थिईन् ।

    सो अवसरमा महिला चेम्बरकी महासचिव लिमा अधिकारीले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्दै अघी बढन आपसी समन्वय आवश्यक रहने बताईन । कार्यक्रममा महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.