• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • काठमाडौं/उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि अहिलेसम्म छलफल सुरु हुन सकेको छैन । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै नियमित संसद अवरुद्ध गरेपछि संसदको बैठक बस्न नसकेको हो ।

    Advertisement

    गृहमन्त्री भिजिट भिसाको कमिसन प्रकरणमा जोडिएको भन्दै जेठ १३ गतेदेखि नै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका थिए । तर, संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनैपर्ने भएकाले सो दिन संसद् खोल्न दिएका दलहरूले त्यसपछि भने निरन्तर अवरोध गर्दै आएका छन् ।

    गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफलाई बटमलाइन बनाएर संसद अवरोध गरेका प्रतिपक्षी दलहरू पछिल्लो समयमा भने आफ्नो बटमलाइनलाई परिवर्तन गर्न तयार भएको समेत देखिएको छ । बिहीबार बसको प्रतिपक्षी दलहरूको बैठकमा नेकपा एकीकृत समाजवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन तयार भएमा संसद खोल्नुपर्ने प्रस्ताव लगेको थियो ।

    एकीकृत समाजवादीको प्रस्तावमा मुख्य प्रतिपक्षी दल पनि सकारात्मक भएको देखिएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले भने संसदीय दलको बैठक बसेर गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको थियो, साथै उसले बिहीबारसम्म आफ्नो धारणा तयार गरिसकेको छैन ।

    विपक्षी दलले संसद अवरोध गर्दै आउने क्रममा नै नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाको जोडिएको मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण आदेश दिएको छ भने बिहीबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणसँग जोडेर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    सो मुद्दालाई लिएर नेकपा माओवादी केन्द्रले कुनै धारणा सार्वजनिक गरेको छैन भने एकीकृत समाजवादीले भने सो विषयलाई पार्टी विरुद्धको यन्त्रको रुपमा लिएको बताएको छ ।

    आज पनि संघीय संसद्का दुवै सदनको बैठक आह्वान भएको छ । तर, यतिबेलासम्म पनि संसद् चल्ने विषयमा भने सत्तापक्ष र विपक्षी दलबीचमा भने कुनै सहमति हुन सकेको देखिँदैन । जसले गर्दा आज पनि संसद्‌मा बजेटमाथि छलफलको प्रारम्भ हुने सम्भावना कम देखिएको छ ।

    संसद्‌मा छलफल सुरु नहुँदै बजेट कार्यान्वयन सुरु
    अर्थमन्त्री विष्णु पौडेलले भने आगामी संघीय संसद्‌मा बजेटमाथिको छलफल प्रारम्भ नहुँदै कार्यान्वयनमा गइसकेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको जनाएको हो ।

    मन्त्री पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन्। बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.