• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक


  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ/लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको ‘लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । ‘लक्की फिल्मी अवार्ड’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जनाएको हो । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलमा अवार्ड आयोजना गर्न लागिएको हो । अवार्डका लागि आयोजकले उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । काठमाडौँबाट मनोनयनमा पर्न सफल ११ विधाको सार्वजनिक गरिएको हो । उक्त ११ विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असार ८ गते चितवनमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताउनुभयो । अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनु भएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय, वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर र चलचित्र निर्देशक शंकर कार्की रहनु भएको छ । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । सार्वजनिक गरेका ११ विधाका मनोनयन यस प्रकार छन् :

    Advertisement

    उत्कृष्ट चलचित्र १.पुजार सार्की : किङ्गडम नेटवर्क २.फर्की फर्की : रोहित अधिकारी फिल्म्स/ओएसआर डिजिटल ३.महाजात्रा : षट्कोण आर्टस् ४.दिमाग खराबः सिनेमा आर्ट प्रा. लि. ५.उपहार : रेखा फिल्म्स /कपनगढी सिनेमा प्रा.लि.

    उत्कृष्ट निर्देशक १. दिनेश राउत : पुजार सार्की २. सुयोग गुरुङ : फर्की फर्की ३. प्रदीप भट्टराई : महाजात्रा ४. निश्चल बस्नेत : दिमाग खराब ५. ज्ञानेन्द्र देउजा : उपहार

    उत्कृष्ट छायांकार १. नरेन्द्र मैनाली : फर्की फर्की २. राजेश श्रेष्ठ : पुजार सार्की ३. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो ४. दिमाग खराब : सुसन प्रजापति ५. पुरुषोत्तम प्रधान : महाजात्रा

    उत्कृष्ट अभिनेता १. प्रदीप खड्का : पुजार सार्की २. अनमोल के.सी : फर्की फर्की ३. विपिन कार्की : महाजात्रा ४. दयाहाङ राई : नाङ्गो गाउँ ५. सौगात मल्ल : अगस्त्य

    उत्कृष्ट अभिनेत्री १. स्वस्तिमा खड्का : दिमाग खराब २. केकी अधिकारी : बोक्सीको घर ३. अञ्जना बराइली : पुजार सार्की ४. मिरुना मगर : घरज्वाइँ ५. जसिता गुरुङ : फर्की फर्की

    उत्कृष्ट सम्पादक १. सुरेन्द्र पौडेल : फर्की फर्की २. भरत रेग्मी : पुजार सार्की ३. विपिन मल्ल/ भुपेन्द्र अधिकारी : ऐंचो पैंचो ४. सुलक्षण भारती /लोकेश बज्राचार्य : बोक्सीको घर ५. निमेष श्रेष्ठ : अगस्त्य

    उत्कृष्ट गायिका १. एलिना चौहान : वा वा वा – उपहार २. अस्मिता अधिकारी : काले केटाले – ऐंचो पैंचो ३. समीक्षा अधिकारी : बुझिन मैले – बोक्सीको घर ४. शान्ति श्री परियार : दर्शन गरे – पुजार सार्की ५. मेलिना राई : चिरी च्याट्टै – दयारानी

    उत्कृष्ट गायक १. बाबुल गिरी : वा वा वा – उपहार २. एस डी योगी : सुन सुन सुन्दरी – नाङ्गो गाउँ ३. सुरेश लामा : मायाको खानी – दान्भी ४. प्रकाश सपुत : दर्शन गरे – पुजार सार्की ५. सुगम पोखरेल : हितैको माया – दिमाग खराब

    उत्कृष्ट संगीतकार १. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छ’ – उपहार २. आशिष अविरल : काले केटाले – ऐंचो पैंचो ३. प्रकाश सपुत : बुझिन मैले – बोक्सीको घर ४. एस डी योगी : मायामा तिम्रै मायामा – अगस्त्य ५. राजनराज सिवाकोटी : चिरी च्याट्टै – दयारानी

    उत्कृष्ट नव निर्देशक १. कृषा चौलागाई : ऐंचो पैंचो २. मोहन राई : महानगर ३. माओत्से गुरुङ : दयारानी ४. सुलक्षण भारती : बोक्सीको घर ५. सविन अधिकारी : गणपति

    उत्कृष्ट लेखन १. बिकास सुबेदी : पुजार सार्की २. सुयोग गुरुङ : फर्की फर्की ३. प्रदिप भट्टराई : महाजात्रा ४. सौरभ चौधरी : अगस्त्य ५. दिपेन्द्र लामा : नाङ्गो गाउँ

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.