भरतपुर/सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी, मकवानपुरका बाहिनीपतिज्यूसँग औद्योगिक प्रबद्र्धन र सुरक्षाका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघका कार्यवहाक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्यसँगै संघका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी, मकवानपुरका बाहिनीपति (डिआईजि) अन्जनी कुमार पोखरेलले चितवन कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले यस्ता प्रकृतिका उद्योग सञ्चालन गर्नको लागि उद्योगीहरु आकर्षित हुनुपर्ने बताउनुभयो । उद्योग सञ्चालनका क्रममा पर्ने समस्याहरुको समाधानको लागि उद्योगी, व्यवसायीहरुसँग सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले उद्योगी, व्यवसायीहरुमा प्राप्त हुने सूचनाहरुलाई छिटो भन्दा छिटो जानकारी गराउन समेत आग्रह गर्नुभयो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका उपाध्यक्षहरु गोपाल प्रसाद गैरे, परमेश्वर भण्डारी, सशस्त्र प्रहरी बल आँपटारीका डिएसपी विनोद खतिवडा, कार्यसमिति सदस्यहरु विशाल चापागाई, अर्जुन सापकोटा, आनन्द पौडेल, अश्विन गोले, शेषमणी भट्टराई, महिला उद्यमी मञ्चकी सदस्य गोमा कुमारी खड्का, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्कीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
https://www.facebook.com/share/v/1FF7Gy8uyn/




