• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ३. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ४. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ५. कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

  • ६. भदौ १२ देखि ‘पार्वती’ आउँदै

  • ७. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ८. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ९. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

  • १०. चितवन उद्योग संघ राप्ती समितिको आठौँ वार्षिक साधारणसभा सम्पन्न

बैंक तथा वित्तीय संस्थाको अर्बौं रुपैयाँ ऋण सीमित व्यक्तिको हातमा


  •   मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
  • काठमाडौं/बैंक तथा वित्तीय संस्थाको अर्बौं रुपैयाँ ऋण सीमित व्यक्तिको हातमा गएको तथ्यांक बाहिर आएको छ। बैंकिङ क्षेत्रका साढे १४ लाख ऋणीमध्ये १९४ जनाले सवा २ खर्ब रुपैयाँ बढी ऋण उपयोग गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो। प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्था ऐन, (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल चलिरहेको छ। सोमबारको छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उक्त तथ्यांक प्रस्तुत गर्दै बैंकिङ क्षेत्रको कर्जा सीमित व्यक्तिको हातमा पुगेको हुँदा यसको उपयोगिता हेर्न आवश्यक रहेको धारणा राखे।

    Advertisement

    ‘संशोधित बाफिया कसले कर्जा पाउँछ/पाउँदैन भन्नेबारे स्पष्ट पार्न खोजिएको छ। १९ लाख ४० हजार ऋणीमध्ये ०.०१ प्रतिशत ऋणीले ३.९ प्रतिशत ऋण प्रयोग गरेको भनेर आएको छ। यो राष्ट्र बैंकले गरेको अनुमानबाट देखिएको हो,’ गभर्नरले भने, ‘तर, क्याकुलेसनको ‘म्याथ्योड’ हेर्दा केही व्यक्तिको हातमा धेरै ऋण गयो कि भन्ने छ। धेरै ऋण जानु राम्रो हो या होइन, यसले उत्पादकत्वमा योगदान पुर्याएको छ/छैन, राज्यको सञ्चालन सिद्धान्तलाई कसरी प्रतिबन्धित गर्न भन्ने कुरालाई हेर्नुपर्ला। ऐन बनाएर आउने ठाउँ त्यो हो।’

    गभर्नरबाट प्रस्तुत कुल ऋणीको तथ्यांकमा ०.०१ प्रतिशत भनेको १९४ जना हुन आउँछ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतसम्म बैंकिङ क्षेत्रबाट कुल ५५ खर्ब ३४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यसलाई रकममा निकाल्दा २ खर्ब १५ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ हुन जान्छ भने १९४ व्यक्तिमा औषत ऋण प्रयोग तथ्यांक निकाल्दा एक जनाले औषतमा १ अर्ब ११ करोड २६ लाख हुन आउँछ। राष्ट्र बैंकले यसरी ठूलो परिमाणमा सीमित व्यक्तिले प्रयोग गरेको ऋणबारे निर्क्योल गरेर ऋण र बैंकको संरचनामा व्यवसायीलाई अलग बनाउने गरी ऐन संशोधन हुनुपर्ने गभर्नरले उल्लेख गरेका हुन्।

    ‘यदि ऋणको प्रवाह कसरी भइरहेको छ भनेर हेर्ने हो भने ऋण केही हदसम्म केन्द्रीकृत हुँदै गएको हो कि भन्ने चिन्ता छ। यसलाई अझै उहाँहरु (सांसद ज्यूहरु)ले हेर्नुहोला। सञ्चालकले कर्जा लैजाँदा पाउने कि नपाउने? कति पाउने? बैंक सञ्चालक भनेको के हो?,’ उनले भने, ‘बैंक चलाउने मान्छे र व्यवसायीबीचको फरक हुनुपर्छ कि पर्दैन? देशमा भइरहेको ऋण प्रवाह सबै स्वार्थको द्वन्द्वको परिस्थितिबाट देखिएका चुनौती के हुन्?’ यी विषय कानुनी रुपमा संशोधित विधेयकले निरुपण गर्न खोजेजस्तो र धेरै थरीका स्टेकहोल्डरको छलफल भइरहेकाले थप अध्ययन हुनुपर्ने उनको भनाइ हो।

    मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ४.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    • ५.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील

    • ६.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.