काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज सवारीसाधनमा कालोझण्डासहित विरोध र्याली निकालेको छ। ७ बुँदे मागसहित चरणवद्ध आन्दोलन थालेका यातायात व्यवसायीहरुले आज काठमाडाैंकाे माइतीघरमा सवारीसाधनमा कालोझण्डासहित विरोध र्याली निकालेको हो ।
हिजो आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् । उनीहरुले कलोझण्डा देखाएर ६ वटैप्रदेशबाट विरोध र्याली गरेका हुन् । उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरु यातायात क्षेत्रको बचाउको लागि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन्। व्यवसायीहरूले सरकारसँग वार्ताको माग गर्दै, हालको नीतिगत निर्णयहरूले सार्वजनिक यातायात व्यवसायमाथि दबाव सिर्जना गरेको आरोप लगाएका छन्।




