• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • वीरेन्द्रनगर (सुर्खेत)/‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भर्नुभएको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो । यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो । मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुले तालको नाम जनजनका मनमनमा पुगेको थियो ।

    Advertisement

    अहिले जस्तो यातायातको सुविधा र देशभित्रै भ्रमणको संस्कारको विकास नभइसकेको अवस्थामा सुर्खेत आएर बुलबुले तालबारे जानकारी दिने अवस्था पनि थिएन । तर रेडियो नेपालमा बारम्बार गुञ्जिरहने हुँदा गीतको भाका र शब्द अधिकांशको जिब्रोमा झुण्डिएको थियो । एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लयमात्रै पनि सन्देश प्रवाहका लागि कति महत्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो । यो गीतले सुर्खेत र बुलबुले ताललाई विश्वभर चिनायो भन्दा अत्युक्ति हुँदैन होला । त्यसैले त अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुले ताल सुरुको नम्बरमा हुन्छ ।

    करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुले ताललाई लिएर कैयौँ गीत बने । विसं २०६२ मा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायांकन गरियो । तर त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुले उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ ।

    विसं २०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुले तालको विशेष संरक्षण सुरु गरिएको थियो । सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्यमात्रै नभइ चराचुरुंगीको बासस्थान पनि हो । अझै पनि मानिसहरु नुहाउन र कपडा धुनका लागि बुलबुले गर्दै जमिन मुनीबाट आउने पानीमै निर्भर छन् ।

    वीरेन्द्र्रनगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)का अनुसार बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ । “बुलबुले ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरुले पनि बुलबुले ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुले ताल पुग्छन्”, उहाँले भन्नुभयो ।

    बुलबुले तालमा मोटरबोट चल्न थालेपछि नगरपालिकाको आम्दानी मात्रै बढेको छैन, बुलबुले तालमा आश्रित भइ आम्दानी गर्नेहरुको संख्या पनि बढेको छ । नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुले ताल परिसरबाट मुस्किलले रु २५ लाख राजस्व संकलन गर्ने गरेकामा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ ।

    “पहिलो बुलबुले ताल परिसरमा जानेहरुसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक रु १३ लाख, फोटो खिच्नेहरुबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक रु १२ लाख आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरु बढेका छन्, यसबाट कैयौँ युवाहरुका लागि रोजगारी पनि सृजना भएको छ ।” मोटरबोट सञ्चालनमा आएपछि तस्बिर खिच्नकै लागि १० देखि १५ जना युवाहरु क्यामरा बोकेर दिनभरी बुलबुले  परिसरमै बस्छन्, उनीहरुका ग्राहक बुलबुले आउने पर्यटक बनेका छन् । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

    नगरप्रमुख ढकालका अनुसार सुर्खेतमा अध्ययन गरिरहेका करिब ८० हजार विद्यार्थी, यहाँ आउने पर्यटक तथा स्थानीयका लागि बुलबुले पहिलो रोजाइको गन्तव्य बन्दै गएको छ । बुलबुले ताल हेर्न आउनेहरु एतिहासिक काक्रेविहार, लाटिकोइली देउती बज्यैलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य पनि चलायमान भएका छन् । यहाँका मानिसका लागि पहिले समय बिताउनका लागि कुनै प्राकृतिक वातावरणका लागि काक्रेबिहारसम्म पुग्नुपर्ने अवस्थामा अहिले बुलबुले उद्यानमा घण्टौ बिताउन मिल्ने अवस्था बनेको छ ।

    जमिन मुनीबाट बुलबुले गर्दै पानी आउने भएकाले यसको नाम बुलबुले  ताल रहनगएको यहाँका जानकार बताउँछन् । मानिसहरु यही पानीमा नुहाउन र कपडा धुन थाले । पानी जम्मा हुँदै गएपछि नजिकै पोखरी बन्यो । मानिसहरु यही पोखरी हेर्न आउन थालेपछि भने फोहोर पनि बढ्दै गयो । संरक्षणको अभावमा पोखरीमा पानीभन्दा बढी फोहोर थुप्रियो । झारहरु पलाए भने पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो । सरकारी स्तरबाट पटक संरक्षणको प्रयास भए पनि यसले पुनःजीवन पाउन सकेन ।

    नगरप्रमुख ढकाल बुलबुले उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउनुहुन्छ । अहिले नुहाउने र कपडा धुने ठाउँलाई अन्यत्रै सार्ने योजना बनाइएको छ भने नजिकै पिकनिक स्थल पनि बनाइनेछ । यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने उहाँको विश्वास छ ।

    संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाउनुभएको थियो । त्यसअघि नारायणी नदी, नेपालगञ्जलगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुले ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाउनुभएको थियो । उहाँले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गर्नुभयो । उहाँहरुबाट सकारात्मक जवाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्नतर्फ लागेका थिए ।

    “सुरुमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन, कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन”, उहाँले सुरुआती दिन सम्झँदै भन्नुभयो, “केही सीप नलागेपछि म आफै पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थाले, त्यसपछि पोखरी सफा गर्ने आइडियो फु¥यो ।” तालमाा भएको फोहोर निकालेपछि पानीको सतह घट्न थाल्यो, त्यसैले अहिले पानी कम हुँदा मोटरबोट सञ्चालनमा केही समस्या भने भएको उहाँको भनाइ छ ।

    सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रुपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ । यसले यहाँको पर्यटकीय र आर्थिक गतिविधि चलायमान बनाएको छ । “सहर नजिकै भएर पनि होला, मानिसहरुका लागि यो रिफ्रेस हुनका लागि उपयुक्त गन्तव्य बनेको छ, अहिले हरेक दिन घुम्न, रमाउन, तस्बिर लिन, व्यापार गर्न तथा अध्ययन गर्नका लागि आउनेको संख्या बाक्लो हुँदै गएको छ”, ढकालले भन्नुभयो ।

    अध्यक्ष ढकालका अनुसार ताल फोहोर र जलकुम्भीले भरिएको थियो । “ताल सफा गर्नका लागि एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ, अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन, हामी सुरुआती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौँ”, ढकालले भन्नुभयो ।

    बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ । तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ ।

    नगरपालिकाले बुलबुले तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो । पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ । सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले बुलबुले ताल सफाइ गरी मोटबोट सुरु भएपछि मानिसहरुका लागि गन्तव्य बन्दै गएको बताउनुभयो ।

    “सुर्खेतको जनसङ्ख्या र बाहिरबाट आउनेहरुको संख्या बढ्दै जाँदा यहाँको जनघनत्व बढ्दो छ, मानिसहरुलाई दिनभरी काम गरेर रमाउने ठाउँको कमी बुलबुले तालले पूरा गरेको छ”, उहाँले भन्नुभयो, “पहिले ताल सफा नहुँदा निकै कम मानिसहरु मात्रै त्यहाँ जान्थे भने अहिले दैनिक हजारौँ व्यक्ति त्यहाँ जान थालेका छन्, एक प्रकारले भन्दा बुलबुले तालमा मोटरबोट सुरु भएपछि यहाँको स्वरुप नै फेरिएको छ ।”

    मोटरबोट सुरु भएपछि स्थानीय मात्रै होइन बाहिरबाट आउने पर्यटकको संख्या पनि ह्वात्तै बढेको उहाँको बुझाइ छ । उहाँका अनुसार कर्णालीको गेटवे मात्रै नभइ प्रदेश राजधानी पनि भएकाले यहाँ मानिसहरुको चहलपहल भइरहन्छ, उनीहरुका लागि बुलबुले ताल जस्ता पर्यटकीय गन्तव्यले बसाइ लम्ब्याउन र एक पटक भए पनि त्यहाँ गएर तालमा बोटिङ गर्न आकर्षित गरिरहेको छ ।

    “विगतमा पनि ताल संरक्षणका लागि प्रयास नभएका होइनन्, सरकारको लगानीमा सानो ताललाई विस्तार गर्ने काम पनि भयो तर त्यसले पूर्णता पाएन, विस्तार राम्रो नभएपछि फूटबल मैदान जस्तो भयो, सामाजिक सञ्जालमा पनि ताल हो कि फूटबल मैदान हो भन्दै व्यंग पनि गर्ने काम भयो”, उहाँले भन्नुभयो, “नयाँ सरकार आएपछि यसलाई जसरी पनि तालकै रुपमा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले काम भयो, नगरप्रमुखले पनि राम्रो साथ दिनुभयो ।”

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.