• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनमा प्रहरीद्वारा राखियो स्थानीय तहहरुमा सुझाव पेटिका


  •   शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
  • चितवन/प्रहरी तथा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो र सुझावहरु संकलन गर्न आज चितवनका स्थानीय तहहरुमा सुझाव पेटिका राखिएको छ । सो सुझाव पेटिका राख्दै चितवनका प्रहरी प्रमुख (एस.पी.) नान्तीराज गुरुङले प्रहरीसँगका गुनासा र सुझावहरु सर्वसाधारणले सहजै रुपमा राख्न सकुन् भन्ने उद्देश्यले हरेक स्थानीय तहमा सुझाव पेटिका राखिएको बताउनु भयो ।
    राप्ती नगरपालिकामा सुझाव पेटिका राख्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गुरुङले प्रहरीको बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई यस अगाडि असहज भएको महसुस गर्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको सो अभियान अन्तर्गत सुझाव पेटिका राखिएको उहाँले बताउनुभयो । प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरु परिचय गोप्य राखेर समेत पठाउन सकिने उहाँले बताउनुभयो । हरेक स्थानीय तहमा संकलन भएका सुझावहरुलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा संकलन गरी काम कारवाही अगाडि बढाउने उहाँको भनाइ थियो ।

    Advertisement

    प्रहरीले घटनाको अनुसन्धान, शान्ति सुरक्षा तथा हरेक गतिविधिमा समुदायको सहयोग विना काम गर्न नसक्ने भन्दै सबैको साथ र सहयोगले समुन्नत समाज निर्माण गर्न सकिने गुरुङले बताउनुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय चितवनको फोन नं. ०५६–५२०१५५ मा महिला, बालबालिका लगायत विभिन्न विषयमा जानकारी, उजुरी, गुनासो समेत दिन सकिने बताउनुभयो । सो टेलिफोनमा परिचय गोप्य राखेर सूचना दिनेहरुलाई समेत मध्यनजर गर्दै टेलिफोनको कलर आई.डी. समेत हटाइएको उहाँले बताउनुभयो ।
    राप्ती नगरपालिकामा आयोजित सुझाव संकलन पेटिका राख्ने क्रममा नगर प्रमुख प्रभा बरालले प्रहरीले आफ्नो बारेमा सुझाव लिने र अपेक्षा संकलन गर्नु साह्रै नै महत्वपूर्ण काम भएको बताउनुभयो । सबै प्रहरी, कर्मचारी खराब नभएको भन्दै उहाँले केही खराबका कारण सबै बद्नामी हुने अवस्थाको अन्त्य हुन पनि सुझाव संकलनले मद्दत पुग्ने बताउनुभयो । प्रहरी प्रतिको आरोप र यथार्थताको कडीको रुपमा पनि सुझाव पेटिकालाई आफूले लिएको उहाँले बताउनुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक शुशिल कुमार पाण्डे, राप्ती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अमर बहादुर तमाङ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, वडा अध्यक्ष, सदस्य लगायत स्थानीयहरुको समेत सो कार्यक्रममा उपस्थिती रहेको थियो ।

    त्यसैगरी कालिका नगरपालिकामा पनि प्रहरीद्वारा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सो सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरु निर्धक्क रुपमा राख्न स्थानीयहरुलाई अनुरोध गर्नुभएको थियो । सो कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले प्रहरीले सुझाव संकलन गरी आफ्ना गुनासाहरु समाधान गर्न लागेकोमा प्रशंसा गर्नुभएको थियो । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्षहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
    त्यसैगरी इलाका प्रहरी कार्यालय टाँडीको समन्वयमा रत्ननगर नगरपालिकामा पनि आज नै सुझाव पेटिका राखिएको छ । सो अवसरमा नगर उपप्रमुख विमला दुवाडीले सुझाव पेटिकाले प्रहरीलाई काम गर्न थप मार्गनिर्देश प्राप्त हुने जनताका गुनासाहरु समाधान गर्न सहज हुने बताउनुभयो । आज नै चितवनका सबै स्थानीय तहमा प्रहरी प्रदेश कार्यालय हेटौडाको निर्देशन अनुसार सुझाव पेटिका राखिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

    शुक्रबार, असोज ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.