• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

इन्टरनेट नहुँदा पनि उत्पादनशील बन्न सघाउने ८ एन्ड्रोइड एप


  •   शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ/आजको डिजिटल युगमा हामी धेरैजसो कामको लागि इन्टरनेटमा निर्भर भइरहेका हुन्छौँ । तर कहिलेकाहीँ हामी यस्तो ठाउँमा पुग्छौँ, जहाँ वाई-फाई वा मोबाइल डेटा उपलब्ध हुँदैन । यस्तो अवस्थामा पनि आफ्नो कामलाई निरन्तरता दिन केही उपयोगी अफलाइन एन्ड्रोइड एपहरू छन् । आज हामी तपाईँलाई इन्टरनेट नभएको बेला पनि आफूलाई प्रोडक्टिभ (उत्पादनशील) राख्न प्रयोग गर्न सकिने १० ओटा यस्तै एपबारे बताउँदै छौँ ।

    Advertisement

    १. अब्सिडिन (Obsidian)

    यो नोट्स लिने र आफ्नो जानकारीहरूलाई व्यवस्थित राख्ने (नलेज म्यानेजमेन्ट) एप हो । यसको मुख्य विशेषता भनेको यो ‘अफलाइन-फर्स्ट’ एप हो । यसले तपाईँले लेखेका सबै नोट्स तपाईँको फोनमै सुरक्षित राख्छ । यसको अर्थ तपाईँ इन्टरनेट नभएको बेला पनि आफ्ना नोट्स हेर्न, नयाँ नोट्स बनाउन वा एडिट गर्न सक्नुहुन्छ । निःशुल्क रूपमा उपलब्ध यो एपमा लेख्नका लागि मार्कडाउन भाषाको सपोर्ट छ भने विचारहरू केलाउन (ब्रेनस्ट्रोम) क्यानभास बोर्डको सुविधा पनि छ ।

    २. माइक्रोसफ्ट टु डु (Microsoft To Do)

    यो टास्क म्यानेजमेन्ट अर्थात् कामहरूको सूची बनाउने एप हो । यसमा तपाईँले व्यक्तिगत वा कामका लागि छुट्‍टाछुट्‍टै सूचीहरू बनाउन सक्नुहुन्छ । नयाँ काम थप्ने, त्यसको लागि समय तोक्ने, रिमाइन्डर राख्ने वा विस्तृत जानकारी नोट्समा लेख्ने जस्ता यसका मुख्य कामहरू इन्टरनेट नभएको बेला पनि गर्न सकिन्छ । यसले माइक्रोसफ्ट ३६५ इकोसिस्टमसँग पनि यसले राम्रोसँग काम गर्छ । यो एप निःशुल्क रूपमा उपलब्ध छ।

    ३. एप फ्लोय (AppFlowy)

    यो प्रोजेक्ट म्यानेजमेन्टका लागि उपयोगी छ । यो नोसन जस्तै भए पनि यसको फाइदा भनेको अफलाइन क्षमता हो । जुन नोसनमा छैन । तपाईँले विभिन्न प्रोजेक्टका लागि अलग-अलग ठाउँ (वर्कस्पेस) बनाएर त्यहाँ डकुमेन्ट बनाउने, कामहरूलाई क्यानबान बोर्डमा राख्ने वा प्रोजेक्ट नोट्स लेख्ने जस्ता कामहरू इन्टरनेट नभएको बेला पनि गर्न सक्नुहुन्छ । जब तपाईँ अनलाइन आएको बखत यसले सबै कुरा स्वतः सिंक गर्छ । यो पनि निःशुल्क रूपमा उपलब्ध एप हो ।

    ४. सोलिड एक्सप्लोरर (Solid Explorer)

    यो एन्ड्रोइडका लागि एक उत्कृष्ट फाइल म्यानेजर एप हो । इन्टरनेट कनेक्टिभिटी होस् वा नहोस्, यसले सहज रूपमा काम गर्छ । तपाईँले आफ्नो फोनको आन्तरिक स्टोरेज, एसडी कार्ड वा यूएसबी ड्राइभमा रहेका फाइलहरू यसबाट सजिलै हेर्न सक्नुहुन्छ । निःशुलक यो एपको डुअल-पेन भ्युले फाइलहरू सार्न वा कपी गर्न सजिलो बनाउँछ ।

    ५. बिटवार्डेन (Bitwarden)

    यो पासवर्ड सुरक्षित राख्ने पासवर्ड म्यानेजर एप हो । यसमा आफ्नो लगइन विवरण, पासवर्ड र अन्य संवेदनशील जानकारीहरू सुरक्षित तरिकाले अफलाइनमा पनि हेर्न सकिने महत्त्वपूर्ण फिचर छ । तपाईँले अफलाइन हुँदा पनि नयाँ र बलियो पासवर्ड बनाउन यसको प्रयोग गर्न सक्नुहुन्छ । यसको सशुल्क सेवा पनि उपलब्ध छ ।

    ६. पकेट (Pocket)

    यो अनलाइन सामग्रीहरू सुरक्षित गरेर पछि पढ्नका लागि प्रयोग हुने एप हो । यसले कुनै पनि लेखलाई पढ्न योग्य र अफलाइन उपलब्ध गराउन सक्छ । यसको माध्यमबाट तपाईँ इन्टरनेट नभएको बेला पनि आफ्नो यात्राको समयलाई पढाइको रूपमा सदुपयोग गर्न सक्नुहुन्छ । यसमा अनुसन्धान सामग्री, रुचिकर लेख वा भिडिओ सामग्री पनि सेभ गर्न सकिन्छ । यसको टेक्स्ट-टु-स्पीच (पाठलाई आवाजमा बदल्ने) सुविधाले सेभ गरिएका लेखहरूलाई अडियोमा परिणत गर्न सक्छ

    ७. डुओलिंगो (Duolingo)​

    यो भाषा सिक्ने एक गेमिफाइड प्लेटफर्म हो । यसमा अफलाइन पाठहरू (लेसन) छन्, जुन तपाईँ वाई-फाईमा भएको बेला स्वतः डाउनलोड हुन्छन् । यसले तपाईँलाई इन्टरनेट कनेक्टिभिटी बिना नै आफ्ना दैनिक अभ्यासहरू पूरा गर्न मद्दत गर्छ । यसको स्ट्रिक सिस्टम (लगातार सिक्ने दिनहरूको गणना) र उत्प्रेरक नोटिफिकेसनले तपाईँलाई दैनिक सिक्न प्रेरित गर्छ । यसमा स्टोरी मोड र अडियो पाठहरू पनि उपलब्ध छन् ।

    ८. सुपर प्रोडक्टिभिटी (Super Productivity)

    यो टास्क म्यानेजर तथा टाइम ट्य्राकिङका लागि उपयोगी एप हो । यो निःशुल्क, ओपन सोर्स हो र यसलाई अफलाइन प्रयोग गर्न सकिन्छ । यसलाई कामहरूको योजना बनाउन, टाइम ट्‍य्राक गर्न, पोमोडोरो टाइमर प्रयोग गर्न, प्रोजेक्ट ट्य्राकिङ र समय अनुमान गर्न प्रयोग गर्न सकिन्छ । यसले तपाईँको डिभाइसमै स्थानीय रूपमा काम गर्छ । यसको इन्टरफेस सफा र रेस्पोन्सिभ छ, जसमा कयौँ कस्टमाइजेसनका विकल्पहरू छन् ।

    शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.