भरतपुर/१८ अैा गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगरकमिटीद्वारा आज सरकारी अस्पतालमा विरामीहरुका लागि फलफुल वितरण कार्यक्रम गरि मनाएकाे छ। राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्किकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शंकर अधिकारी , विशिष्ठ अतिथिहरु नेकपा(एमाले) वागमति प्रदेश कमिटी सदस्य, महानगर ईन्चार्ज रामप्रसाद न्याैपाने, पार्टि जिल्ला सचिव प्रकाश ढुंगाना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु अमृता भट्टराई, संगठनका जिल्ला अध्यक्ष झलकराज भट्ट निवर्तमान केन्द्रीय सदस्य शिव ढकाल लगायत संगठनका वागमति प्रदेश कमिटि सदस्य, महानगर ईन्चार्ज कृष्णप्रसाद अधिकारी, राेजिना भट्टराई एवं पार्टिका तथा संगठनका जिल्ला, महानगरकमिटीका नेताहरुकाे उपस्थिति रहेकाे थियाे। करिव १०० विरामिहरुका लागि फलफुल र पाैष्टिक आहार हस्तान्तरण गरी गणतन्त्र दिवस मनाएकाे छ। चितवन जिल्लामा महानगरले जस्तै राप्ती नगरकमिटीले विपन्नलाई आर्थिक सहयाेग, खैरहनी नगरकमिटी लगायत सम्पुर्ण पालिका कमिटीहरुमा दिप प्रज्जवलन गरि मनाउने कार्यक्रम रहेकाे चितवन जिल्ला सचिव उत्तम सेढाईले वताएका छन्।





