• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए ।
    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो ।
    कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए । ‘हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौ, नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु अत्यावश्यक छ,’ उनले भने, ‘यसले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ ।’
    मुख्यमन्त्री लामाले कानुन निर्माण गर्दा अत्यन्त सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै कानुनको मर्म बुझ्ने र व्याख्या गर्ने निकायले कहिलेकाहीँ अर्थलाई उल्टो–सीधो बनाउँदा समस्या सिर्जना गर्ने बताए । ‘उत्पादनमुखी क्षेत्रमा लगानी हुन सकेन, जुन हाम्रो कमजोरी रह्यो, उनले भने, ‘सरकारले हात हालेका धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएन ।’
    प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पत्रकारहरु प्रदेशको जटिल अवस्था र वास्तविकताबारे जानकार हुनुुपर्ने भन्दै सरकारको सकारात्मक कामलाई उजागर गर्नुपर्ने बताए । प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरु संघीय सरकारको अवरोधका कारण कार्यान्वयनमा जान नसकेको उनले गुनासो गरे । ‘प्रहरीसमेत प्रदेश सरकारको अधिकारभित्र छैन, ‘यसबारे पत्रकारहरु अवगत हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रा मन्त्रालयहरू अरुको भवन, भाडामा छन्, प्रदेश सरकारसँग अधिकार नहुनु हाम्रो सरकारको सबैभन्दा ठुलो चुनौती हो ।’
    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको बताउँदै खोजमुलक पत्रकारितामा ध्यान दिनु आवश्यक रहेको बताए । सूचनाको युगमा पत्रकारहरूको भूमिका झन् जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिदै उनले पत्रकारसँगै प्रदेश सरकार रहेको भन्दै पत्रकारिता खोजमुलक, तथ्यमा आधारित र जनसरोकार केन्द्रित हुनुुपर्नेमा जोड दिए । सरकार र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री काफ्लेले पत्रकारहरुको हीतका विषयमा प्रदेश सरकार सकारात्मक रहेकाले सहकार्य गरेरै अघि बढ्नुपर्ने बताए ।
    नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कोष लेखा नियन्त्रक हरी उपाध्यायले लेखा सम्बन्धी र संस्कृती तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युुवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

    Advertisement

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.