• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा

"बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उहाँलाई यो पेशामा आउन प्रेरित ग¥यो "

  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि होला सबैको मायाको पात्रका रुपमा हुर्कनु भयो । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौ आउनु भएको थियो । स्कुले जिवनमा पनि राम्रो पढाईका कारण शिक्षक शिक्षिकाहरुले धेरै माया गर्नुहुन्थ्यो । स्कुलमा उहाँ जहिले पनि प्रथम, द्वितिय हुनुहुन्थ्यो र त सबैका प्रिय पनि हुनुहुन्थ्यो । बाल्यकालमा सरोज थापा उहाँका गाउँले र छर–छिमेकीमा पनि निकै प्यारो हुनुहुन्थ्यो किन कि उहाँले गाउँ–गाउँको बाटो र घर–घरमा धारो पु¥याएर सहयोग पु¥याउनु हुन्थ्यो । कहिले आफ्नै हातले मुर्ती कुदेर मन्दिर बनाउनु हुन्थ्यो । सामाजिक कार्यमा भनेपछि सधैं अग्रसर भएर लाग्न रुचाउने बानी उहाँको बाल्यकालदेखि कै बानी हो । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जित्नु भएको छ । उहाँको बालकला अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको छ किन कि एउटा राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी हुन्छ । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उहाँलाई यो पेशामा आउन प्रेरित ग¥यो । २०५४ सालमा एस एल सि पुरा गर्नसाथ राजधानी छिर्नु भएका उहाँले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना हुनु भयो । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन । दिनमा आफ्नै भिनाजुको पसलमा काम सघाउने र रातमा क्याम्पस पढ्ने गरेर उहाँले प्रबिणता प्रमाण पत्र पुरा गर्नु भयो र कालीमाटीको एक आइसक्रिम सपमा काम पनि पाउनु भयो । काम गर्दै पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पनि पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गर्नु थाल्नु भयो । होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले उहाँको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उहाँलाई मानव संसाधन विभागले बोलाएर अब देखि स्थायी स्टाफको रुपमा नियुक्ती दिएकोमा उहाँको आफ्नो जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ पोइन्ट सम्झन्छन् ।

    Advertisement


    यसरी उहाँले एक्कासी यती राम्रो होटलमा स्थायी रुपमा काम गर्ने मौका पाएपछी केही समय त्यही रहेर सेवा दिनु भयो र साँईलो बुबाको छोरा दाई रण बहादुर थापाको सहायताले पहिलो पटक बैदेशिक रोजगारीको रुपमा सयाम्स होटल अबुदाबी पुग्नु भयो । त्यहि होटलबाट शुरु भएको उहाँको बैदेशिक रोजगारीको यात्रा अहिलेसम्म निरन्तर रह्यो र उहाँको सालिनता, दक्षता, इमानदारी र दक्ष लिडरसिपका कारण दर्जनभन्दा बढी पाँचतारे होटल र आबुदाबी देखी युरोपका फ्रान्स लगायत कैयौं तारे होटलहरुमा आफ्नो दक्षता देखाउने अवसर पाउनु भयो । यो पेशामा उहाँले दर्जनौ गोल्ड मेडल र प्रमाण पत्रले अहिले कलंकीको आफ्नो घरको कोठा सजिएका छन । यती सानो उमेरमा यती धेरै हदसम्मको उपलब्धी हासिल गर्ने नेपाली बिदेशी भुमिमा कमै छन् । उहाँको दक्षतालाई कदर गर्दै विश्वका बिभिन्न देशले उहाँलाई सम्मान गर्दै उहाँहरुको पेशागत संस्था वल्ड सेफ एसोसिएसन (सोसाइटी)ले आजिवन सदस्यता दिलाएका छन् जसका कारण उहाँ हरेक बर्ष युरोपका देशहरु जानैपर्ने हुन्छ । उहाँले यो सफलता चुम्नुमा जिवन संगिनी बुनु खड्काको पनि बिशेष हात छ । उहाँका हरेक सफलतामा उत्साह र उमंग जगाउन उहाँको जिवनसाथी बुनुले हरेक पल–पलको खबर राख्नुहुन्छ र आवश्यकता परेका बेला हरेक तवरबाट सहयोग र साथ दिनु भएको छ । त्यसैले त उहाँ पनि सेफ सरोज कामको शिलशिला जुन–जुन देश पुगे प्राय सबै देशमा पुग्ने मौका पाउनु भएको छ ।


    अहिलेका विश्व चर्चित युवा पेस्ट्री सेफ सरोज थापाको दुर्गम क्षेत्र धादिङको मुलपानीदेखी कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नु भएको छ । उहाँको सफलताको रहस्य र एक नेपाली युवाले कुलिनरीको विश्वमै सर्वोच्च सस्थामा त्यो पनि एक गहन जिम्मेवारीको पद सम्हाल्न कसरी पुग्नु भो भन्ने सबैको आकलन र रहस्यका बिषयमा कोरोनाको महामारीका समयमा नेपाल आएका बेला लिएको कुराकानीको अंशहरुः

    अहिले तपाईं कुन होटलमा आबद्द हुनुहुन्छ ? तपाईंको पूर्ण जिम्मेवारी के हो ?

    अहिले म म्यारिएट होटल इन्टरनेसनल पेस्ट्री सेफको रुपमा काम सम्हाली रहेको छु । मेरो जिम्मेवारी भनेको क्वालिटी प्रडक्ट, कस्ट कन्ट्रोल, नयाँ मेनु सेटअप, रेसेपी बनाउने, बेकरी र पेस्ट्री टिम सम्हाल्ने, डिउटी सिफ्ट हेर्ने, क्वालिटी चेक गर्ने, फूड कस्ट सन्तुलन हेर्नु, नयाँ स्टाफलाई तालिम दिने, पुरानालाई अपग्रेट गर्ने, नयाँ नयाँ प्रडक्टको इनोभेसन गर्ने, फुड फेस्टिभल, एभेन्ट र बिभिन्न देशमा हुने फुड प्रतियोगिता समाबेश हुनुको साथै आफ्ना टिममा राम्रा राम्रा कामदारलाई छान्ने जस्ता जिम्मेवारी सम्हाल्नु पर्छ । अन्यमा वार्षिक छुट्टी प्लान गर्ने, स्टाफलाई नियमित तालिममा पठाउने, राम्रा र दक्ष कामदारलाई पदोन्नतीका लागि सिफारिस गर्ने, गेस्टको कम्प्लेन सल्भ गर्ने जस्ता गहन जिम्मेवारी पनि हर्नुपर्छ । एक्जुकेटिभ सेफ र मेनेजमेन्ट सँग कोर्डिनेसन गरेर काम गर्नु पर्छ । कुनै कुनै कम्पनी या होटलमा त होटलको साहुसँग बसेर नै छलफल गर्नु पर्ने हुन्छ ।

    तपाईंले त नेपालमा राम्रो होटलमा काम शुरु गर्नु भएको थियो, किन एक्कासी विदेसीनु भयो ?

    केही नयाँ कुरा सिकौ र बुवालाई फाइनेन्सेली सपोर्ट गरेर राजधानीमा एउटा घर बनाउन पर्छ भन्ने मनसायले पनि बिदेशिएको हुँ । मेहनत परिश्रम अनुसार सफल पनि भए र बुवाको इच्छा पुरा गरेर छाडे । गाउँमा जन्मेको हुर्केको हुनाले शहरमा अली सहज हुन्छ भनी घर बनाउने उदेश्य थियो जुन पुरा गर्न  सके । अहिले म काठमाडौको कलंकीमा घर बनाएर स्थायी रुपमा परिवारका साथमा बस्न पाएको छु । आफु जन्मेको गाउँ र दुःखी असाहयहरुलाई केही हिस्सा सहयोग गर्न पाएको छु जसमा म खुशी छु ।

    नेपाल र बिदेशमा काम गर्ने शैलीमा के भिन्नता पाउनु   भयो ?

    बदेशमा बिभिन्न काम गर्दा भिन्न भिन्न देशका कामदार हुने हुँदा धेरै सिक्ने मौका पाईन्छ र सिकाउने मौका पनि पाईन्छ। हरेक देशको आफ्नै कुजिन र त्यसको आ–आफ्नै बिशेषता हुने हुँदा धेरै कुराहरु सियर गर्ने मौका पाईन्छ । बिदेशमा पेस्ट्रीलाई चाहिने सम्पूर्ण समान उपलब्ध हुने हुँदा क्वलिटी उत्पादन हुन्छ त्यसमा पनि यो पेस्ट्री बेकरी भन्ने नै बिदेशी भएका कारण नेपाल र बिदेशमा धेरै भिन्नता देख्छु ।

    तपाईं त एक जिम्मेवार पदमा रहेर काम गर्नु भएको छ भिन्न भिन्न देशका कामदारलाई काम लगाउन कत्तिको गाह्रो छ ?

    गाह्रो हुन्छ नि एउटै घरको दाजु भाई मिलेर बसेका कमै  हुन्छन् । त्यो त झन बिभिन्न देशका कामदार एउटै थलोमा रहेर काम गर्नु प¥यो । भिन्न भिन्न देश, भाषा, कल्चरबाट आएका स्टाफहरुको फरक सोचाइ र क्षमता हुन्छ तसर्थ उनीहरुको मनोबिज्ञान बुझेर काम गर्नु पर्छ र कार्य बिभाजन गरिदिनु  पर्छ । कसैलाई देश, जात र रङका भरमा भेदभाव नगरी सबैलाई समान व्यवहार पनि गर्न जान्नु प¥यो ।

    बिदेश पेस्ट्री सेफको जिम्मेवारीहरु के के हुँदा रहेछन ? त्यती ठुलो टिमलाई कसरी समान रुपमा व्यबहार गरेर सन्चालन गर्नु हुन्छ ?

    विदेश होस या स्वदेश जहाँ भए ता पनि इन्टरनेसनल फ्रेन्चाइज होटलहरुमा एउटै हो काम गर्ने शैली मात्र नेपालमा हेरेर बिदेशमा धेरै देशका कामदार साथमा लिएर काम गर्नु पर्छ । हामीले हेर्ने भनेको सही रेसेपी फलो गरेको छ कि छैन, खानाको क्वालिटी राम्रो छ कि छैन भनेर बेलाबेलामा टेस्ट गर्ने, खानाको स्तर सधैं एकनासको राख्न बेलाबेलामा तालिम दिने, फुड कस्ट बजेट अनुसार क्वालिटीलाई असर नपर्ने गरी सन्तुलनमा राख्ने जस्ता अनगिन्त्ती काम हुन्छन । एउटा सच्चा लिडरसिप भन्नाले सबैलाई सन्तुलनमा राखेर चित्त बुझाएर राख्नु हो त्यो गर्न सकेमा मात्र टिममा सार्पनेस र वर्कस्प्रिट हुन्छ ।

    बिदेशमा तपाईं त दर्जनौ पाँच तारे र डिलक्स होटलहरुमा काम गरीसक्नु भयो अब नेपालमा बस्ने कुनै योजना छैन ?

    राम्रो अवसर पाए नेपालमा पनि बस्ने सोच छ तर अहिलेको यो स्थितीमा विदेश मै धेरै राम्रा राम्रा अवसर एक पछी अर्को गर्दै आएका छन् । हेरौं केही समय पछी त नेपाल मै बस्ने सोच छ । सम्भव त छिट्टै नेपाल फर्कने र केही गर्ने सोच  छ ।

    सानो उमेरमा यती गहन जिम्मेवारी सम्हालेर काम गरी रहनु भएको छ कत्तिको कठिन छ ?

    म २४ बर्षको उमेर मै सुपरभाइजर लेबल (सेफ डि पार्टी) भएर काम गरीसकेको मान्छे हुँ । शुरुमा त केही कठिन महसुस हुन्थ्यो तर अहिले त धेरै होटल परिवर्तन गरेर धेरै देशमा काम गरेको अनुभब भयो खासै गाह्रो लाग्दैन ।

    तपाईं त कुलिनरीको सर्वोच्च सस्था वल्ड सेफ एसोसिएसनको निर्णायक पद सम्म पुग्नु भएको छ युरोपियनहरुको साथमा बसेर काम गर्न र एक निष्पक्ष निर्णय गर्न कत्तिको गाह्रो छ ?

    यो ठाउँमा पुग्ने मेरो मात्र होइन विश्वभरका सबै सेफहरुको हुन्छ । ढिलै भए पनि यो सफलता चुम्ने मौका पाए खुशी  लाग्छ । सम्भवत पेस्ट्री सेफहरुमा यो निर्णायक पदमा पुग्ने पहिलो नेपाली हुँ । पूर्ण रुपमा वल्ड सेफ एसोसिएसनका सिनिएर सेफहरुले तालिम दिने र उहाँहरु कै गाइडलाइन अनुसार काम गर्ने हुँदा खासै गाह्रो हुन्न । अहिले सम्म सहज रुपमा काम गरी राखेको छु, हरेक बर्ष मलाई युरोप बोलाइएको हुन्छ, पुग्छु र आफ्नो गहन जिम्मेवारी पुरा गरेर फर्कन्छु ।

    विश्वको धेरै देशमा पुगेर एक जिम्मेवार पदमा रहेर काम गर्नु भयो तपाईं जस्तो उच्च सिप भएको मान्छेलाई नेपालमा पनि राम्रो अवसर छ नि ?

    अवसर त धेरै पाएको छु तर पनि मैले विदेशमा जुन स्तरमा बेकरी र पेस्ट्री उत्पादन गरेको छु त्यो नेपालमा अली सम्भव छैन जस्तो लाग्छ किन कि पर्याप्त पेस्ट्री र बेकरीलाई चाहिने सामाग्री (इङ्रीडेन्ट) पाइन्न । केही समय पछी नेपालमा पनि बिदेशको जस्तो स्तरिय उत्पादन निकाल्न सकिन्छ धेरै बिदेशमा काम गरेका सेफहरु अहिले नेपालमा काम गर्न थालेका छन् धेरै इन्टरनेसनल होटलहरु धमाधम खुलेका छन । स्तरिय सामानहरु महंगै परेता पनि विदेशबाट झिकाउनु पर्ने हुन्छ, जसले होटलको स्तरलाई उकास्न मद्दत पु¥याउँछ ।

    नेपाल फर्कनु भए पछी तपाईंको मुख्य योजनाहरु के के हुने छन् ? जागिर गर्नु हुन्छ कि आफ्नै ब्यवसाय ?

    पहिलो त आफ्नै ब्यवसाय गर्ने हो मेरो उद्धेश्य जसका लागि एक राम्रो पेस्ट्री बेकरी स्टुडियो खोलेर दक्ष जनशक्ती उत्पादन गरेर स्वदेश तथा विदेशमा खपत गराउनु छ । मैले नेपालका धेरै होटलहरुमा घुमेर बेकरी तथा पेस्ट्रीको स्तर हेरे खासै राम्रो लागेन सायद सामाग्री नपाएर पनि होला । बिदेशको तुलनामा नेपालको क्वालिटी अझै पछाडी नै देखे ।

    तपाईंको यो सफलताको प्रमुख श्रेय कसलाई दिनु हुन्छ ?

    यसमा पहिलो श्रेय त मलाई जन्म दिने आमा बुवालाई नै  दिन्छु । उहाँहरुले पढाई लेखाइ गराएर यहाँ सम्म पुग्ने बनाउनु भयो, मेरा दिदीहरु जसले मलाई धेरै माया गरेर हुर्काउनु भयो अनि यो ठाउँसम्म पुग्नमा मेरो जिवनसंगिनीको पनि ठूलो हात छ साथै मेरा आफन्तहरु जसले सपोर्ट गरेर मलाई यहाँ सम्म पुग्न योग्य बनाइ दिनुभयो अनि मेरा जर्मनी र फ्रेन्च सेफहरु र साथीहरु जसबाट मैले धेरै काम सिकेर यहाँसम्म पुग्न सक्ने दक्ष बनाइदिए ।

    नेपाली सेफहरुको भविष्य कस्तो देख्नु हुन्छ ? यो पेशामा आउन चाहने नव युवाहरुलाई के सल्लाह दिन चाहनु हुन्छ ?

    नेपालमा पनि धेरै इन्टरनेसनल होटलहरु खोलेका छन र खुल्ने क्रममा छन । नव आगन्तुक सेफहरुको भविष्य राम्रो नै छ । इमान्दार, बिस्वासी र परिश्रमी हुनु प¥यो । नयाँ नयाँ कुलिनरीका टेर्निङ सेन्टर र होटल मेनेजमेन्ट कलेजहरु खुलेका छन । राम्रा राम्रा सेफहरु हुनुहुन्छ उहाँहरुबाट पनि धेरै कुरा सिक्नु    प¥यो । धेरै बिधामा लागेर मन नडुलाई एकै पेशामा दत्तचित्त भएर लाग्नु भयो भने एक सफल सेफ बन्न सकिन्छ । समयको महत्वलाई बुझेर अघी बढ्नु प¥यो । सिनियरलाई सम्मान र जुनियरलाई माया गर्न कहिले भुल्नु भएन ।

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.