इच्छाकामना/चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतमा शुक्रबार बैठक सम्पन्न भएको हो । बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७४ संसोधन गर्न कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले विपद्का घटनाहरु बाढी–पहिरो आगालागी, चट्याङ लगायतबाट घरमा क्षती पुगे रु एक लाख सम्म र मानिसको मृत्यु भएमा तत्काल क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गाउँसभामा पेस गर्ने निर्णय गरेको हो ।
पक्की घरमा पूर्ण क्षती भएमा रु ३० हजार उपलब्ध गराउँदै आएकोमा उक्त रकम बढाएर रु.एक लाख र कच्ची घरमा पूर्ण क्षती भएमा रु ५० हजार सम्म उपलब्ध गराउने प्रस्ताव गाउँ कार्यपालिकामा पेस गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । विपद्का घटनाबाट राहत रकम रु ५ हजार देखि १० हजार सम्म उपलब्ध गराउँदै आएको थियो ।
गम्भीर घाइते भएमा बढीमा तत्काल रु. १५ १५ हजार सम्म उपलब्ध गराउनका लागि प्रस्ताव पेश गर्ने समितिको बैठकले निर्णय गरेको हो । यसै बिच सात वटै वडामा विपद्का समयमा प्रयोग हुने विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ। वडा नम्बर ५ को सामाग्री ईलाका प्रहरी कार्यालय मुग्लिनलाई प्रदान गरिएको छ । हाल पालिकामा ८० थान त्रिपाल सहित विभिन्न विपद्मा प्रयोग हुने सामाग्रीहरु तयारी अवस्थामा रहेको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउँनुभयो ।
वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्त बहादुर मगरले गाउँबाट क्षती वापत् पाउने रकम लिन आउँदा हाल उपलब्ध गराउँदै आएको रकम गाउँपालिका कार्यालय आवत जावत मै खर्च हुने भएकाले सो रकमले पीडितका लागि राहत नमिल्ने बताउनुभयो ।
उक्त बैठकले स्थानिय विपद् व्यवस्थापन कोष संचालन कार्यविधी दोश्रो संसोधन २०७५ संसोधन गर्न गाउँ कार्यपालिकामा सिफारिस गर्ने, मनसुनको सकृयता सँगै गाउँपालिका क्षेत्र भित्र हुने विपद्को न्यूनिकरण, उद्धार र पुनस्र्थापना अन्तरनिकाय रुपमा समन्वय गरी कार्यान्वयन गर्ने, गाउँ कार्यपालिकाको कार्यालयमा रहेका विपद्को समयमा प्रयोग हुने सामाग्रीहरु वडा कार्यालय र ईलाका प्रहरी कार्यालय मुग्लिनलाई हस्तान्तरण गर्ने र स्थानिय विपद् व्यवस्थापन कोषबाट यस आर्थिक वर्षमा भएको हाल सम्मको खर्च अनुमोदन गर्ने निर्णय गरेको छ ।
बैठकमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, वडा न. ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपाल, ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंह, नेपाली कांग्रेसका सभापति कृति कुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष प्रकाश अधिकारी, रेडक्रस सोसाइटी इच्छाकामनाका प्रतिनिधि राम बहादुर लामा, गैर सरकारी संस्था महासंघ इच्छाकामनाका प्रतिनिधि गेहेन्द्र वली, वडा न. ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडा न. ६ का वडा अध्यक्ष लक्ष्मण चेपाङ, स्थानीय पत्रकार सामुदायिक रेडियो इच्छाकामना एफ एमका स्टेसन म्यानेजर दान बहादुर गुरुङ लगायत विभिन्न शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।
स्थानीय विपद् व्यवस्थापन कार्यविधि २०७४ संसोधन गर्दै इच्छाकामना
स्थानीय विपद् व्यवस्थापन कार्यविधि २०७४ संसोधन गर्दै इच्छाकामना
Advertisement
तपाईको प्रतिक्रिया




