• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

“क्यान महासंघद्वारा राष्ट्रिय आईसीटी दिवस २०८२ मा देशभर ५० भन्दा बढी कार्यक्रम सफलतापूर्वक सम्पन्न

  •   शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
  • कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा काठमाडौँसहित देशभर ५० भन्दा बढी कार्यक्रमहरू भव्य रुपमा सम्पन्न गरेको छ। देशका सातवटै प्रदेश र ५० भन्दा बढी जिल्लामा आयोजित यी कार्यक्रमहरू सूचना प्रविधिको पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

    Advertisement

    यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवस “डिजिटल नेपाल फ्रेमवर्क २.० र आगामी कार्यदिशा” भन्ने मूल विषयमा केन्द्रित रह्यो। सो अवसरमा साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल साक्षरता, प्रविधि प्रशिक्षण, प्रभातफेरी लगायतका विविध कार्यक्रमहरू आयोजना गरिएको थियो।

    दिवसको मुख्य समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। उक्त कार्यक्रममा सरकार, निजी क्षेत्र तथा नागरिक समाजका विज्ञहरूबीच नेपालको डिजिटल रूपान्तरण, नीति, समावेशी प्रविधि र डिजिटल शासन प्रणालीबारे बहस गरिएको थियो।

    क्यान महासंघकी अध्यक्ष श्रीमती सुनैना पाण्डे घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चिरञ्जीबी अधिकारीले समन्वय र पूर्वअध्यक्ष रणजितकुमार पोद्दारले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    मूल समारोह समितिको संयोजन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले गर्नु भएको थियो। प्रचारप्रसार उपसमितिको नेतृत्व उपाध्यक्ष चिरञ्जीबी अधिकारी, प्रदेशस्तर कार्यक्रम उपसमितिको नेतृत्व उपाध्यक्ष शेखरनाथ दुलाल, स्टार्टअप तथा इनोभेसन प्रदर्शनी उपसमितिमा उपाध्यक्ष सृजना श्रेष्ठ, व्यवस्थापन उपसमितिमा महासचिव चन्द्रबिलास भुर्तेल तथा केन्द्रीय सदस्य हेमपाल श्रेष्ठले गरेका थिए।

    देशव्यापी कार्यक्रमको विस्तार

    क्यान महासंघले बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत देशभरका ५० भन्दा बढी जिल्लाहरू — झापा, मोरङ, धनुषा, चितवन, पोखरा, दाङ, बाँके, सुर्खेत, कास्की, बर्दिया, कञ्चनपुर आदि — मा सूचना प्रविधिसँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना गरेको थियो।

    प्रदेश समूह समन्वयमा उपाध्यक्ष शेखरनाथ दुलालको नेतृत्वमा १६ जना केन्द्रिय प्रतिनिधिहरू, ७ प्रदेश समिति, सबै जिल्ला शाखा तथा केन्द्रीय समिति समन्वयमा सक्रिय भूमिका निर्वाह गरिएको थियो।

    सूचना प्रविधिलाई देशका हरेक कुनासम्म पुर्याउने संकल्प

    समापन कार्यक्रममा अध्यक्ष सुनैना पाण्डे घिमिरेले यस्ता कार्यक्रमहरू सूचना प्रविधिलाई देशका हरेक कुनामा पुर्याउने कोसेढुंगा भएको बताउँदै निरन्तरता दिन आह्वान गर्नुभयो। उहाँले भनिन्, “सूचना प्रविधिको पहुँच विस्तारले डिजिटल नेपाल फ्रेमवर्कमा महत्वपूर्ण योगदान पु¥याउनेछ।”

    कार्यक्रमका अवसरमा उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीबी अधिकारीले भने, “नेपालमा व्यवसायमैत्री वातावरण निर्माण गरेर नेपाली सफ्टवेयर र स्टार्टअपलाई प्रवर्द्धन गरौं।”

    त्यसैगरी महासचिव चन्द्रबिलास भुर्तेलले बताए, “७ वटै प्रदेश र ५० भन्दा बढी जिल्लामा कार्यक्रम आयोजना गर्नु डिजिटल नेपालको जग बसाल्ने काम हो।”

    शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.