रत्ननगर/रत्ननगर वडा नं ६ स्थित उद्यमी महिला समुहको अध्यक्षमा सीता रिजाल चयन भएकी छन् । सो अबसरमा उनले उद्यमशिलता मार्फत महिलालाई आत्मनिर्भर बनाउन सौराहामा हस्तकला केन्द्र सञ्चालनमा ल्याएको बताए । महिलाहरुले उत्पादन गरेका सामग्री पर्यटकीय नगरी सौराहामा विक्री गर्ने गरी हस्तकला केन्द्र सञ्चालनमा ल्याएको उनको भनाई छ ।
कार्यपालिका सदस्य तथा वडा सदस्य बविता चौधरीले सामुहिक प्रयासबाट मात्र उद्यमशिलता विकास सम्भव रहेको भन्दै महिलाहरुलाई एकजुट भएर उद्यमी बन्न आग्रह गरिन । केही गर्छु भन्ने अठौटमा साथ सामुहिक रुपमा आउने महिलाहरुलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग गर्ने उनको भनाई छ । बुधबार वडा कार्यालयको सभाहलमा आयोजना गरिएको प्रथम अधिवेशनले तथा साधारण सभाले रिजालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा इन्दिरा अधिकारी, सचिवमा सिकान्द्रिका चौधरी, कोषाध्यक्षमा विन्दा अधिकारी तथा सदस्यहरुमा योजना कट्टेल, स्वस्तिका पौडेल सापकोटा, मिलन भूषाल सापकोटा, सुनिता महतो, भूमिश्वरा पौडेल र मीना चौधरी चयन भएका छन् ।




