चितवन/चितवनमा गैँडाको खाग जस्तो देखिने अखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भरतपुर महानगरपालिका–९ बिसहजारी सडक क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको नयाँ गोरख गणको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरु गरिएको उहाले जानकारी दिनुभयो । अनुसन्धानमा रहेका उनीहरूको नाम गोप्य राखिएको छ ।
Advertisement




