चितवन/Emi मा इलेक्ट्रोनिक्स तथा फर्निचर सामानहरू बिक्री गर्दै आएको ईजी पे चितवनले समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै राप्ती–११ मा एक अत्यन्तै सराहनीय सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत, ईजी पे चितवनले ग्राहकहरूबाट संकलन गरेको प्रयोग नगरिएका लुगा राप्ती–११ का विपन्न परिवारहरूलाई वितरण गरेको छ। साथै, सोही क्षेत्रको एक होस्टलमा बसोबास गरिरहेका १०० भन्दा बढी गरीब तथा बेघर विद्यार्थीहरूलाई शैक्षिक सामग्री (स्टेशनरी) र खाद्यान्न समेत प्रदान गरिएको छ।
ईजी पे चितवनका अनुसार, “हामी व्यापारसँगै समाजसेवा पनि हाम्रो मुख्य धर्म ठान्छौं। यो अभियान केवल सहयोग होइन, मानवता, सहानुभूति र सामाजिक प्रतिबद्धताको प्रतिबिम्ब हो।” हाल ईजी पे चितवनका आउटलेटहरू टाँडी, पर्सा, भण्डारा, र खोल्सिमलमा सञ्चालनमा छन्। स्थापना कालदेखि नै कम्पनीले सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ—चाहे त्यो बिपद् पीडितलाई राहत होस् वा विद्यार्थीहरूलाई आवश्यक सहयोग। ईजी पे चितवनले आगामी दिनहरूमा यस्ता सेवा–सहयोगका कार्यक्रमहरूलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Advertisement




