• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • चितवन/‘जनताको बहुदलीय जनवाद’ का प्रणेता, नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व.मदन भण्डारीको रहस्यमय जीप दुर्घटनापछि शव प्राप्त भएको चितवनको गाँजीपुरमा आज स्मृति सभा गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले आज मदन–आश्रितको स्मृतिमा सभा गरेको हो ।

    Advertisement

    जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनापछि आजैको दिन (जेठ ५ गते) भरतपुर महानगरपालिका वडा नं.१७ गाँजीपुरमा भण्डारीको शव प्राप्त भएको थियो । मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवालीले यदि मदन भण्डारीको विचार नभएको भए अहिले नेकपा (एमाले) क्रमशः मोहनविक्रमकै हालतमा हुने बताउनुभयो । समयको सापेक्षतामा, समयको गतिमा नीतिहरुको परिवर्तन हुँदै जाने भन्दै ज्ञवालीले भन्नुभयो “माक्र्सवादको सिर्जनात्मक विकास र प्रयोग अहिलेको आवश्यकता हो ।”

    विगतमा हिंसात्मक संघर्ष चलाउनेहरु पनि १० वर्षपछि मदन भण्डारीको नाउ लिएर वा नलिएर जनताको बहुदलीय जनवादको बाटोमा आउन बाध्य भएको ज्ञवालीको भनाई थियो । उहाँले भन्नुभयो “माओवादीले जनताको नाउँमा चलाएको हिंसात्मक आन्दोलनको अवशान भयो, जनताको बहुदलीय जनवाद स्थापित भयो ।” माओवादीलाई यो कुरा स्वीकार गर्न गाह्रो भईरहेको भन्दै पोलिटब्यूरो सदस्य ज्ञवालीले भन्नुभयो “यो कुरालाई अझै पनि स्वीकार गर्न गाह्रो छ भने, कानलाई सिधै समाउन अप्ठ्यारो छ भने, घुमाएर समाउनुहोस् तर योभन्दा अर्को बाटो छैन ।”

    अब माओवादीहरुले हिँड्ने बाटो पनि जनताको बहुदलीय जनवाद भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “जनताको अभिमत लिएर, जनताबाट अनमोदित भएर, जनताको हितमा प्रयोग गर्ने गरी अघि बढ्ने यही जनताको बहुदलीय जनवाद हो ।”

    सभामा बोल्दै एमाले केन्द्रीय सदस्य यमबहादुर परियारले कुनै पनि कम्युनिष्ट पार्टीलाई सही दिसामा अघि बढाउनका लागि पार्टीको राजनीतिक कार्यदिशा सही हुनु पर्ने बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने नेतृत्व नेकपा (एमाले) ले गरिरहेको उहाँको भनाई थियो ।

    सन् ९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनमा खडेरि परिरहेको समयमा र पूँजीवादीहरुले ‘अब संसारमा साम्यवाद रहने छैन’ भनिरहेको कठिन परिस्थितिमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको उत्कृष्ट विचारले नेपालमा कम्युनिष्ट आन्दोलन सफल भएको परियारको भनाई छ । उहाँले भन्नुभयो “यही विचारले एमाले यहाँसम्म आईपुगेको हो ।” जनताको बहुदलीय जनवाद हेर्दा एमालेको विचार भए पनि छरिएर रहेका कम्युनिष्टहरुलाई त्यसले सकारात्मक प्रभाव पारेको उहाँले बताउनुभयो ।

    एमाले वागमती प्रदेश उपाध्यक्ष एवं पूर्व मन्त्री दावा दोर्जे लामाले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीलाई विश्व कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्ने देखेपछि ‘जुनसुकै मूल्यमा मदन भण्डारी रह्यो भने नेपालमा मात्रै होइन, विश्वभरि नै कम्युनिष्ट आन्दोलन फैलिन्छ र यो कार्यक्रमले विश्वभरि नै कब्जा गर्छ’ भन्ने उद्देश्यले योजनाबद्ध ढंगले स्वदेशी तथा विदेशी शक्तिले मदन भण्डारीको हत्या गरेको बताउनुभयो । यसको वास्तविक हत्यारा को हो ? अहिलेसम्म पत्ता लगाउन नसकिएको भन्दै उहाँले भन्नुभयो “कुनै दिन पत्ता लाग्छ भन्ने मलाई लाग्छ ।”

    मदन भण्डारी नभए पनि उहाँले ल्याएको नीति कार्यक्रम बोकेर हिँडेका कारण अहिले एमाले सरकारमा पुगेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो “जबजलाई शसक्त ढंगले आम जनतासम्म पु¥याउनु हामी सबैको दायित्व हो ।”

    एमाले वागमती प्रदेश कमिटी सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य राम न्यौपानेले मदन भण्डारी गुमाउँदा नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो विचारक गुमाएको बताउनुभयो । जनताको बहुदलीय जनवादले विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ उचाई प्राप्त गरेको न्यौपानेको भनाई छ । नेकपा (एमाले) जब जब सत्तामा पुग्छ तब तब नयाँ कार्यक्रमहरु आउँछन् । ती नयाँ कार्यक्रम ल्याउने विचारको भण्डार जबज भएको उहाँको भनाई थियो ।

    मदन भण्डारी फाउण्उडेशन चितवन अध्यक्ष एवं सभाका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले फाउण्डेशन स्थापनादेखि हालसम्म भएका कामहरुको चर्चा गर्नुभयो । उहाँले फाउण्डेशनले स्थापनासँगै वैचारिक र राजनीतिकसँगसँगै सामाजिक र आर्थिक विकासको काम गरेको बताउनुभयो । समाजको अहिलेको अवस्थालाई परिवर्तन गर्दै अगाडि लैजानु फाउण्डेशनको उद्देश्य रहेको चर्चा गर्दै अध्यक्ष डा. भट्टराईले भन्नुभयो “वैचारिकसँगै सामाजिक र आर्थिक परिवर्तनलाई सँगैसँगै अगाडि लैजानु पर्छ ।”

    समग्र नारायणी नदी किनारसँगै गाँजीपुर क्षेत्र र दासढुंगा क्षेत्रको सँगसँगै विकास गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो “यी दुई ठाउँलाई आर्थिक रुपान्तरणको केन्द्र बनाएर अगाडि बढ्नु पर्छ भनेर लागिपरेका छौं ।” गाँजीपुरको समग्र परिवर्तन के गर्दा हुन्छ भन्ने कुरा अध्ययन गरेर केही परिवर्तनको कामहरु भएको भन्दै अध्यक्ष डा. भट्टराईले भन्नुभयो “दासढुंगादेखि गाँजीपुर हुँदै गोलाघाटसम्मको विकासलाई एकीकृत गरेर लैजानु पर्छ ।”

    दासढुंगा–गाँजीपुर एकीकृत विकास परियोजनाको नाममा समिति तयार गरी विज्ञहरुको टोली सहित यस क्षेत्रको विकासको अध्ययन गरी खाका तयार गरिएको भन्दै उहाँले भन्नुभयो “त्यो खाका हामीले केन्द्र र प्रदेश सरकारलाई पठाएका छौं ।”

    फाउण्डेशनका सचिव श्याम बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले भरतपुर १७ का वडा अध्यक्ष तुल्सीराम पाण्डेले स्वागत गर्नुभएको थियो भने फाउण्डेशनका उपाध्यक्ष शम्भु सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका पदाधिकारी तथा सदस्यहरु, एमाले जिल्ला, प्रदेश, केन्द्रीय समितिका विभिन्न तहमा रहेका नेताहरु, युवा, विद्यार्थी, जनप्रतिनिधि सहित ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

    बि.सं. २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप रहस्यमय दुर्घटनामा परेको थियो । आश्रितको शव दासढुंगामा नै भेटिएको थियो भने भण्डारीको शव घटना भएको तीन दिनपछि गाँजीपुरमा भेटिएको थियो ।

    मदन भण्डारी फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्दै विभिन्न पर्यटकीय पूर्वाधार निर्माणमा समन्वय गर्दै आएको छ भने वैचारिक र राजनीतिक छलफलका कार्यक्रम पनि गर्दै आएको छ ।

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.