• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

लमजुङमा रोटरीको ७९ लाखको खानेपानी आयोजना शिलान्यास

  •   शुक्रबार, जेठ ०२, २०८२ मा प्रकाशित
  • रत्ननगर/लमजुङमा रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ होनोलुलु सनसेटको संयुक्त पहलमा सोतीपासल खानेपानी परियोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ३ मा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न रोटरी क्लबले खानेपानी परियोजनाको शिलान्यास गरेको हो । ७९ लाख १८ हजार ६४ रुपैयाँको लागतमा अत्याधुनिक प्रविधिमा आधारित फिल्टरिङ प्रणालीमार्फत शुद्ध पिउने पानी उपलब्ध गराउने लक्ष्यसहित परियोजना शिलान्यास गरिएको हो । परियोजनाका लागि रोटरी क्लब अफ रत्ननगर र रोटरी क्लब अफ होनोलुलु सनसेटले ५९ लाख १८ हजार ६४ रुपैयाँ, मध्यनेपाल नगरपालिकाले १० लाख रुपैयाँ र प्रदेश सरकारले १० लाख रुपैयाँ लगानी गरेका छन् ।

    Advertisement

    मध्यनेपाल नगरपालिका वडा नं. ३ मा खानेपानीको परीक्षणका क्रममा कोलिफर्म (हानिकारक जीवाणु) भेटिएपछि स्थानीय २६१ घरधुरी, विद्यालय र अस्पताललाई शुद्ध पिउने पानी उपलब्ध गराउन यो परियोजना सुरु गरिएको हो । यो क्षेत्र अत्यन्त दुर्गम भएकाले यहाँका बासिन्दाले लामो समयदेखि स्वच्छ खानेपानीको अभाव झेल्दै आएका थिए। रोटरी क्लब अफ रत्ननगरकी अध्यक्ष वीरन्जना सापकोटा घिमिरेले यो परियोजना स्थानीय समुदायको स्वास्थ्य र जीवनस्तर सुधारका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।

    परियोजनामा अत्याधुनिक फिल्टरिङ प्रणाली जडान गरिनेछ, जसले पानीमा रहेका हानिकारक जीवाणु र अशुद्धतालाई हटाएर शुद्ध पिउने पानी उपलब्ध गराउनेछ। परियोजनालाई मूर्त रूप दिन इन्जिनियर गुनेश्वर र जनक पौडेलको प्राविधिक विशेषज्ञता र समन्वयले परियोजनालाई सफलतातर्फ डोर्‍याउन सहयोग पुगेको रोटरी क्लबले जनाएको छ ।

    शिलान्यास समारोहमा बोल्दै रोटरी क्लब अफ रत्ननगरकी अध्यक्ष वीरन्जना सापकोटा घिमिरेले भनिन्, ‘हाम्रो लक्ष्य दुर्गम क्षेत्रका बासिन्दालाई शुद्ध खानेपानीको पहुँच सुनिश्चित गर्नु हो। यो परियोजना हाम्रो मानवीय सेवाप्रतिको दृढ संकल्पको प्रतीक हो।’ उनले परियोजनालाई समयमै सम्पन्न गर्न स्थानीय समुदाय, नगरपालिका र प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको बताइन् ।

    यो परियोजनाले मध्यनेपाल नगरपालिका वडा नं. ३ का २६१ घरधुरी, स्थानीय विद्यालय र अस्पताललाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ। शुद्ध खानेपानीको अभावमा फैलिने पानीजन्य रोगहरू हैजा, टाइफाइड आदिको जोखिम न्यूनीकरण गर्न यो परियोजना प्रभावकारी हुने अपेक्षा गरिएको छ। परियोजनाले स्थानीय समुदायको स्वास्थ्य, शिक्षा र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

    शुक्रबार, जेठ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.