नारायणगढ/होटल व्यवसायीहरुको पूर्वाधार, पर्यटन, प्रवद्र्धन र अतिथि सत्कार भन्ने मूल नारा लिएर होटल व्यवसायीहरुको हकहितको संरक्षण गर्दै आएको होटल व्यवसायी संघ–चितवनले आफ्नो २४ औं साधारणसभा सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारणसभामा प्रदेश सभा सदस्य विजय सुवेदी प्रमुख अतिथि रहनुभएको थियो ।
होटल व्यवसायी संघ–चितवनकी अध्यक्ष शर्मिला न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार राजु श्रेष्ठ, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का बरिष्ठ उपाध्यक्ष राजन गौतम, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितनव चेम्बर अफ कमर्शका अध्यक्ष दीर्घमान श्रेष्ठलगायतले साधारणसभाको अवसरमा शुभकामना शुभकामना राख्नु भएको थियो । कार्यक्रमलाई होटल व्यवसायी संघ–चितवनका पूर्व अध्यक्ष इमान्दु बरालले सञ्चालन गर्नुभएको थियो ।




