• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

“एकदिने गोरखा भ्रमण” जे देखियो….जस्ताको तस्तै…..


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • २०८२ बैशाख २४ गते ८ः५१ मा सनद अधिकारीबाट गोरखा चितवन पत्रकार समाजको फेसबुक पेजको गु्रपमा एउटा म्यासेज आउँछ । म्यासेजमा गोरखा मूल घर भई हाल चितवनमा पत्रकारिता मार्फत आफ्नो कर्मथलो बनाउँदै आएका व्यक्तिहरुको संस्था चितवन पत्रकार समाजमा आवद्ध साथीहरुको एकदिने अवलोकन भ्रमणको तय भएको कुरा उल्लेख गरिएको थियो । समाजको म पनि एउटा साधारण सदस्य र गोरखाबाट चितवन बसोबास गर्दै पत्रकारितालाई पनि आफ्नो पेशाको रुपमा अगाडि बढाउँदै आएको हुँदा भ्रमणमा जान इच्छुक भएँ । मैले जिल्लाका अन्य महत्वपूर्ण कार्यक्रमहरुलाई थाती राख्दै गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको भ्रमणमा सहभागी हुने निधो गरे र निर्धारित समय अनुसार २७ गते बिहान म ५ः४५ मा नेपाल पत्रकार महासंघ चितवन शाखाको प्राङ्गणमा सहभागी भएँ । महासंघ नजिकको चिया पसलमा जम्मा भएका केही साथीहरुसँग चियाको चुस्की लगाउँदै गर्दा अन्य साथीहरुलाई प्रतिक्षा गर्दैगर्दा भ्रमणमा सहभागी सम्पूर्ण साथीहरु ६ः३० मा जुट्नु भयो । भ्रमण कार्यक्रमलाई सफल बनाउनको लागि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीबाट भ्रमणको शुभकामना सहित भ्रमण टोलीलाई बिदाई गरेसँगै हामी ६ः४५ मा महासंघबाट भ्रमणको लागि प्रस्थान ग¥यौं ।
    भ्रमणको १० मिनेटको यात्रा पछि रामनगर कटे लगत्तै अजिता अधिकारीबाट प्रस्तुत भएको नृत्यले हामीलाई थप उर्जा थप्यो । एकछिन उहाँको नृत्यमा सम्पूर्ण साथीहरुले साथ दिदै भ्रमण अगाडि बढ्यो । भ्रमणको लागि केही साथीहरु मुग्लिङमा रहनु भएकोले उहाँहरुलाई स्वागत गर्दै हामी त्यहाँबाट गोरखातर्फ लाग्यौं । गोरखामा हामीलाई पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले स्वागत गर्दै गोरखकाली मन्दिरको दर्शनमा समेत सँगसँगै सहभागिता जनाई हामीलाई साथ दिनुभयो ।
    मन्दिरको दर्शन पश्चात केही समय गोरखा बजारमा अन्तरक्रिया कार्यक्रममा सहभागी भयौं । गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले “गोरखा जहाँ इतिहास जिवित छ” भन्ने नाराका साथ शुरु भएको “गोरखा भ्रमण वर्ष २०२५” को बारेमा संक्षिप्त जानकारी गराउनु भयो । कार्यक्रम गोरखाको धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वका विषयहरुमा जानकारी दिने उद्देश्य रहेको समेत सोही अवसरमा जानकारी पाईयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले गोरखाको ऐतिहासिकको महत्वका विषयमा, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले गोरखालाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय संघ–संस्थाहरुले हेर्ने दृष्टिकोण र नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष एवम् भ्रमण संयोजक शान्ता अधिकारीले भ्रमणको उद्देश्य र “गोरखा भ्रमण वर्ष २०२५” लाई सफल बनाउन चितवन महासंघको तर्फबाट गर्ने सहयोगका विषयमा आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघ गोरखाका पदाधिकारी एवम् सदस्यहरु, गोरखास्थित विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुसँगको सहभागीले कार्यक्रमलाई निकै फलदायी बनाएको हामीले अनुभव ग¥यौं । छोटो अन्तरक्रिया कार्यक्रम पश्चात आयोजकहरुको अनुरोधमा कार्यक्रम स्थलमा नै दिवा भोजमा सरिक भईयो ।
    खानाको कार्यक्रम सकिए लगत्तै गोरखा होटल व्यवसायी संघका अध्यक्ष केशव कुँबर र गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविनबाबु मरहट्टाको सानो छलफल पश्चात भ्रमणको कार्यतालिकामा थोरै परिवर्तन गरी लक्ष्मीबजारबाट करीब ५०० मि.को दुरीमा सञ्चालनमा रहेको गोरखा गाउँ रिसोर्ट प्रा.लि.को अवलोकन गर्ने कुरा तय गरियो । भ्रमणमा सहभागी साथीहरु नयाँ ठाउँको अवलोकनका लागि निकै आतुर देखिनुहुन्थ्यो । केही समय पश्चात हामी गोरखा गाउँ रिसोर्ट प्रा.लि.मा पुग्यौं । रिसोर्टको रमणीय एवम् मनमोहक दृष्यका कारण भ्रमणमा भएको थकानलाई केही हदसम्म विश्राम मिलेको थियो । रिसोर्टमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका कारण गोरखाको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्न गएको गोरखा गाउँ रिसोर्टका सञ्चालक एवम् गोरखा होटल व्यवसायी संघका अध्यक्ष केशव कुँबरसँगको बसाईको क्रममा जानकारी पाईयो ।
    रिसार्टको केही समयको बसाई पश्चात भ्रमण टोलीले आफ्नो गन्तव्यलाई अगाडि बढायौं । कार्यक्रम तालिका अनुसार नै हामी गोरखाको छेपेटार हुँदै पहाडी दृश्य अवलोकन गर्दै बडडाँडाको शिरशिरे हावामा रमाउँदै लिगलिग कोटको उकालो लागियो । केही समयको अन्तरालमा हाम्रो टोली बिजुलीडाँडामा एकछिन बिश्राम गरी लिगलिगकोट तर्फ लाग्यौं । करीब २०–२५ मिनेटको हिँडाई पश्चात हामी लिगलिग कोटको मुख्य स्थलमा पुग्यौं । त्यहाँको चिसो हावा, मनमोहक दृश्य र शितलताले हाम्रो दिनभरीको थकानलाई मेटी हामीलाई निकै रोमान्चक बनाएको थियो । आधा घण्टाको त्यहाँको बसाई पश्चात पुनः हाम्रो यात्रा आफ्नो गन्तव्य तर्फ लाग्यो । कार्यक्रम तालिका अनुसार नै ३ देखि ४ बजेतिर फेदीमा रहेको पालुङटार नगरपालिकामा खाजा खाने कार्यक्रम तय बमोजिम हाम्रा यात्रा अगाडि बढिरहेको थियो । हामीलाई शितलता प्रदान गर्दै पानीले पनि स्वागत ग¥यो । केहीबेर पानीले गर्दा १०–१५ मिनेट गाडीभित्र रहेर हामीले नाचगान गरेर बितायौं । केही समयमै क्यान्टिनबाट खाजा तयार भईसकेको खबर गर्दैै एकजना दिदी हामीलाई गाडीसम्म लिन आउनु भयो । हामी दिदीकै इशारामा खाजा खान उहाँकै क्यान्टिनमा पुग्यौं । खाजा खाँदा करीब बेलुकाको ६ः३० भईसकेको थियो । खाजा खाने समय राती पनि भएको त्यही माथि पानी पर्नु र लाइन जानुले खाजा खाएको राम्रै याद हामीलाई आईरहेको छ ।
    खाजाको कार्यक्रम पश्चात हामी त्यहाँबाट अगाडि बढ्छौं । रातको समय सिमसिम पानी त्यसमाथि भ्रमण सहभागी साथीहरुको दोहोरी व्याटल र नृत्य हाम्रो मानसपटलमा ताजै छ । यात्रामा भएका हाँस्यव्यग्य, नृत्य लगायतका क्रियाकलापहरुले हाम्रो यात्रा काटिएको पत्तै भएन हाम्रो गाडी मुग्लिनमा आएर एक्कासी रोकियो । त्यहाँ केही साथी ओर्लेर आफ्नो गन्तव्यमा लागेपछि हामी त्यहाँबाट भरतपुरतर्फ हुक्कियौं । करीब ३५–४० मिनेटको यात्रापछि हामी चढेको सेन्ट्रल कलेज लेखिएको पंहेलो रङ्गको गाडी नेपाल पत्रकार महासंघ चितवन शाखा अगाडि १० बजेर ७ मिनेट जाँदा टक्क रोकियो । केही साथीहरु मस्त निन्द्रा थिए त कोही दिनभरीको हिडाईले थकित थिए । त्यतिकैमा ए…..आयो है आयो भन्दै भ्रमणका अग्रज सदस्य नवराज ढकालले सबैलाई उठाउँदै गाडीबाट उर्तन आग्रह गर्नुभयो । सोही बेला निकै जोश, जाँगर र फूर्तिला देखिने गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविनबाबु मरहट्टाले सम्पूर्ण सदस्यहरुको घर जाने प्रबन्ध सोधखोज गर्दै भ्रमणमा सहभागी सदस्य, भ्रमणलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी दाताहरु, गाडीका चालक, सह–चालक लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै एकदिने भ्रमण यही समापन भएको घोषणा गर्नुभयो ।

    Advertisement
    • राजु भट्ट, अध्यक्ष, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.

     

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.