भरतपुर/चितवन उद्योग संघ, महिला उद्यमी मञ्च र जिल्ला हस्तकला संघ चितवनको संयुक्त आयोजनामा उनीबाट हस्तकला सामग्री बनाउने १५ दिने तालिमको एक कार्यक्रमका बीच सम्पन्न भएको छ । चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, चितवनका प्रमुख विनोद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि पौडेलले तालिमका प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर लाग्न अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले तालिमबाट तयार भएका उत्पादनहरु हेर्दा प्रशिक्षार्थीहरुमा लगन र धैर्यता र आत्मविश्वास देखिएको र आगामि दिनहरुमा अझै एडभान्स तालिमहरुको लागि आफूहरुले पहल गर्ने बताउनुभयो ।
आयोजक संस्था, जिल्ला हस्तकला संघ चितवनका अध्यक्ष बुद्धि माया घलेले कार्यक्रम सञ्चालनको अवस्था र आगामि दिनहरुमा जिल्ला हस्तकला संघबाट हुनसक्ने तालिमहरुको विषयमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै बागमती प्रदेश हस्तकला संघका उपाध्यक्ष अवानिश प्रधानाङ्गले महिला दिदीबहिनीहरुबाट क्वालिटीयुक्त सामाग्रीहरु उत्पादन गर्न सके त्यसको बजारको जिम्मा आफूहरुले लिने बताउनुभयो ।
त्यस्तै बागमती प्रदेश उद्योग परिसंघ, महिला उद्यमी मञ्चकी अध्यक्ष चन्दना कोइरालाले तालिम प्रदायक संघ–संस्थाहरुले बजारको माग, त्यसको बजार र आवश्यकता अनुसार विषयगत तालिमहरुलाई सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट चित्र कुमारी गुरुङले तालिम जुनसुकै वर्ग, तह र तप्काका व्यक्तिहरुले लिन सक्ने र आफूले सिकेको सीपलाई आफूमा मात्र सीमित नगरी सबैमा पु¥याउनु पर्ने बताउनुभयो ।
मुख्य प्रशिक्षक गोमा लामा, सहायक प्रशिक्षकहरु सजिता गुरुङ्ग र अश्मि घलेले तालिमका सहभागीहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, अध्यक्ष सृजना सोतीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
https://www.youtube.com/watch?v=QaC24tXcGyU
Advertisement




