इच्छाकामना/चितवनको इच्छाकामना ४ कुरिनटारमा अवस्थित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हने भएको छ । वैशाख २५ गतेदेखि बिमा कार्यक्रम शुभारम्भ गरिने भएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सेवाको समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार इच्छाकामनामा पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो । साथै सेवा शुभारम्भको दिन भिडियो एक्सरे निशुल्क गरिने छ । सोही दिनदेखि हरेक महिनाको दोश्रो शुक्रबार स्त्री रोग विशेषज्ञ सेवा र भिडियो एक्सरे सेवा पनि सुरु गरिने अध्यक्ष गुरुङले बताउनुभयो । यसैबिच मौलाकालिका अस्पताल भरतपुरमा इच्छाकामनाका नागरिकले उपचारमा २५ प्रतिशत छुट पाउने भएको छ । मौलाकालिका अस्पताल र इच्छाकामना गाउँपालिकाबिच उपचारमा २५ प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट गर्ने सहमति भएको हो ।
इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदैँ
इच्छाकामना आधारभूत अस्पतालमा बैशाख २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुदैँ
तपाईको प्रतिक्रिया




