कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गर्नुभएको छ ।
आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । सप्तमीको बिहान बर्तालुले नदीमा गई तोरीको पिना प्रयोग गरेर नुहाएपछि केही पिनालाई घिरौंँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । यता कोरोनाको जोखिम अझै बढ्दै गइरहेकोले अब कसरी सुरक्षित भएर चाड पर्व मनाउने भनेर चितवनका थारु समुदायले कार्यविधि नै तयार पारेका छन् ।
यस वर्ष भिडभाड हुने गरेर सामूहिक रुपमा कुनै पनि पर्वहरु नमनाउन आग्रह गर्दै थारु कल्याणकारिणी सभा चितवनले कार्यविधि तयार पारेको हो । थारु समुदायको मुख्य जातीय संस्था रहेको थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनले शनिबार ‘जितिया’सहित चैते दसैंसम्म के कसरी मनाउने भन्ने कार्यविधि जारी गरेको हो ।
कार्यविधिमा भिडभाड र सामूहिक रुपमा पर्व नमनाइ घर परिवारमा सिमित रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । ‘चाडपर्वको रित पुरा गरौं, घरपरिवारमा सीमित भई पर्व मनाऔं र कोरोना संक्रमणबाट बचौं’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको र पालना पनि गराउने चौधरीले जानकारी दिनुभयो ।
थारु समुदायले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । यो महिलाहरुले मनाउने पर्व हो । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । कार्यविधिमा सामूहिक रुपमा केही पनिे नगर्न भनिएको छ ।




