• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग अमेरिकाको नर्थ क्यारोलिना निवासी प्रसन नेपाल पक्राउ

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
  • अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग लगाइएको छ। हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा उनलाई पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको हो।

    Advertisement

    अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले विज्ञप्ति जारी गर्दै ‘टिप्पी’ उपनामले चिनिने २० वर्षीय प्रसान नेपाललाई पक्राउ गरेको उल्लेख गरेको छ। नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्धको अभियोग प्रमाणित भएमा उनीहरूले आफ्नो बाँकी जीवन जेलमा बिताउने डिपार्टमेन्ट अफ जस्टिसको वक्तव्यमा उल्लेख छ।

    उनीहरूले अनलाइनमा कमजोर बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरू उत्पादन गर्न बाध्य पारेको अभियोग लगाइएको छ। केही सामग्री १३ वर्षमुनिका बालबालिकाहरूको समेत रहेको जनाइएको छ। उनीहरूले कम्तीमा ८ नाबालिगको शोषण गरेको अभियोग लगाइएको छ। यस मुद्दामा लगाइएका आरोपहरू विचलित पार्ने मात्र नभई हरेक अभिभावकको लागि दुःस्वप्न समेत रहेको डिस्ट्रिक्ट अफ कोलम्बियाका युएस एटोर्नी एडवर्ड आर मार्टिन जुनियरले समाचार विज्ञप्तिमा बताएका छन्। उनीहरूले शोषण गरिएका भनिएका पीडितहरूको संख्या र भ्रष्टताको गहिराइ अचम्मलाग्दो रहेको उनको भनाइ छ।

    ‘७६४’ भनेर चिनिने यो सञ्जालले कमजोर नाबालिगहरूको शोषणमार्फत सभ्य समाजलाई नष्ट गर्न खोजेको र यसका गतिविधिहरू २०२० को अन्त्यदेखि यस वर्षको सुरुसम्म भएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ। नेपालले ७६४ भित्र एउटा मुख्य उपसमूहको नेतृत्व गरेका थिए जुन इन्क्रिप्टेड मेसेजिङ एपहरू मार्फत सञ्चालन गरिएको थियो। उनीहरूले बाल यौन दुर्व्यवहार सामग्रीको उत्पादन र वितरणमा निर्देशन दिएको र त्यसमा भाग लिएको आरोप छ।

    उनीहरूले बालबालिकाको शोषण गर्न अरूलाई भर्ती गरेको र घिनलाग्दो अनलाइन सामग्रीको लागि एक गाइड सिर्जना गरेको आरोप रहेको एफबीआई निर्देशक काश पटेलले समाचार विज्ञप्तिमा बताएका छन्। नेपाललाई गत हप्ता नर्थ क्यारोलिनामा पक्राउ गरिएको थियो।

    मंगलबार अदालतमा नेपालले ७६४ नेटवर्क सिर्जना गरेको र अझै पनि नेटवर्क नियन्त्रण गरिरहेको स्वीकार गरेका थिए। नेपालको परिवार पनि अदालतमा उपस्थित थियो जसमा उनका आमा, बुबा, एक दिदी र कान्छो भाइ थिए। उनकी दिदीले नेपाल ७६४ नेटवर्कमा संलग्न भएको आफूहरूलाई थाहा नभएको बताएकी थिइन्। मुद्दा नर्थ क्यारोलिनाबाट वासिङ्टन डिसीमा स्थानान्तरण गरिएको थियो।

    यदि नेपाललाई आरोप लगाइएको अपराधमा दोषी ठहर गरियो भने उनले अधिकतम आजीवन कारावासको सामना गर्नुपर्नेछ। महान्यायाधिवक्ता पामेला बोन्डीले नेपालविरुद्धका अभियोग सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक रहेको उल्लेख गर्दै बालबालिकाको शोषण र दुर्व्यवहार गर्नेहरूलाई फेला पार्ने, उनीहरूविरुद्ध मुद्दा चलाउने र उनीहरूको सञ्चालनको हरेक भागलाई ध्वस्त पार्ने बताएकी छिन्। –खसोखास अमेरिका ब्यूरो

    शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.