भदौ २४, नेपालि क्रिकेटको मुख्य प्रशिक्षक बन्न ३ जनाको मात्र योग्यता पुग्ने भएको । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १८ गते विज्ञापन गर्दै मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गर्दा क्यानले मुख्य प्रशिक्षकसंगै विभिन्न प्राविधिक कर्मचारीहरु महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । नेपालबाट जगत टमटा, बिनोद दास, राजु बस्नेत, दिपेन्द्र चौधरी, महेश रिजाल र नबिन सिंहले इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ को कोर्स गरेका छन् । जगत टमटा, बिनोद दास र राजु बस्नेतसंग मात्र लेभल ३ कोर्स पुरा गरेको सर्टिफिकेट रहेको छ ।दिपेन्द्र चौधरीले लेभल ३ कोर्स पास गरेको मेल पाए पनि सर्टिफिकेट आउन बाँकी छ ।
यस्तै, लेभल ३ कोर्स बढेका महेश रिजाल र नबिन सिंहले पढाई पुरा गरेका छैनन् ।मुख्य प्रशिक्षकमा नेपालबाट आवेदन पर्ने सम्भावना कम रहेपनि विदेशीबाट राम्रो प्रतिस्पर्धा हुने सबैको विश्वास छ । नेपालले विश्व क्रिकेटमा छोटो समयमा राम्रो छाप छोडेको कारण विदेशी प्रशिक्षक नेपाली क्रिकेटसंग जोडिन आतुर रहेको क्रिकेट सरोकारवालाको बुझाई छ । नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ७ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।
Advertisement




